काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका -१, स्थित भाल्चेमा दोस्रो भाल्चे खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ९१५ रुपैयाँ पुरस्कारको व्यबस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
त्यसइ गरी प्रतियोगिताको उप विजेता टिमको लागि ४० हजार र सान्त्वना टिमको लागि रु.२० हजार पुरस्कारको व्यबस्था गरिएको आयोजकले बताएका छन् ।
कग्यु मोन्लम युवा क्लबद्वारा आयोजित “खेलकुद प्रोत्साहन तथा आन्तरिक पर्यटन प्रवर्द्धन र सँ स्कृति जगेर्नाको लागि” भन्ने मुल नाराका साथ असोज ८ गते देखि खेल सुरु हुने भएको छ ।
यस प्रतियोगितामा सहभागी हुन चाहने टिम(क्लव)ले भदौ १८ गतेदेखि असोज ५ गतेभित्र टिम दर्ता गरिसक्नु पर्ने आयोजक क्लबले बताएका छन् ।
News writer:Maya Thokar Tamang