29.1 C
Kathmandu

स्थानिय समाचारनमोबुद्धको माओवादीमा ठुलो पहिरो, प्रभावसाली नेताहरु सहित २ दर्जन एमालेमा प्रवेश

नमोबुद्धको माओवादीमा ठुलो पहिरो, प्रभावसाली नेताहरु सहित २ दर्जन एमालेमा प्रवेश

काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिकाको माओवदी केन्द्रमा यस पटक ठुलै पहिरो गएको छ । नगरका प्रभावसाली नेताहरु सहित अन्य २ दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रेबेश भएका छन् ।

नगरपालिका अन्तर्गत वडा नं.५ का प्रभावसाली नेता सिंग बहादुर मोक्तान र डुप्साङ लामाको संयुक्त नेतृत्वमा दर्जनौ नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रबेश भएका हुन् । उनिहरु सबै जना शनिबार भकुण्डेबेशीमा सम्पन्न नगर स्तरीय कार्यकर्ता भेला कार्यक्रमका बिच माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रबेश भएका हुन् । एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य कुल चन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्मपन्न उक्त कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य चन्द्र लामा लगायत अन्य नेताहरुको समेत उपस्थिति रहेका थिए ।

माओवादी परित्याग गरि एमालेमा प्रवेश गर्ने सिंग बहादुर मोक्तान र डुप्साङ लामा द्धन्दकाल देखी नै नेकपा माओवादीका प्रभावसाली नेताको रुपमा हेर्ने गरिन्छ । सिंग बहादुर मोक्तान साबिकका कानपुर कालापानी गा.बि.स.का माओवदी केन्द्रको संस्थापक अध्यक्ष समेत हुन् । उनी २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार समेत थिए । २०७४ सालमा झिनो मतका साथ हार व्यहोरेका नेता सिंग बहादुर मोक्तानले लामो समय माओवादी केन्द्रमा रही राजनिति गर्दै आएका थिए ।

यसै गरि अर्को नेता डुप्साङ लामा पनि नमोबुद्धमा नेकपा माओवादीको खम्बाको रुपमा चिनिन्छन् । उनी पनि माओवादी केन्द्रका वडा कमिटीका पूर्व अध्यक्ष हुन् । कानपुरमा डुप्साङ लामा र सिंग बहादुर मोक्तान दुवै जना वडा कमिटीका पूर्व अध्यक्षहरु हुन् । कानपुरमा माओवदी केन्द्रलाई स्थापित गर्न, संगठन बिस्तार गर्न यी दुवै जनाको ठुलो भूमिका रहेका छन् ।

पार्टी प्रवेश पश्चात मोक्तानले सामाजिक सञ्जाल फेसबुकमा यसो भनेर पोस्ट गरेका छन् , ”बिगत २६ बर्ष देखि यो मुलुक र आम जनताको जीवन परिवर्तनका लागि प्राणको समेत प्रवहा नगरि नेकपा माओबादी पार्टीमा आबद्ध भएर जनतासंङ्ग प्रत्यक्ष रुपमा जोडिदै आए । तर माओबादी पार्टी भित्र दिन प्रतिदिन बैचारिक स्खलनको शृङ्खला भएको कारण यो मुलुक र जनताको नेतृत्व माओवादीले गर्न सक्दैन भन्ने ठम्याइकासाथ आज बाट उक्त पार्टी को साधारण सदस्य समेत नरहेको कुरा अबगत गराउदछु । देश र जनाताको हक र हितको लागि चट्टानी रुपमा अडिक पार्टी नेकपा एमालेमा आजको मितिबाट म सक्रिय रुपमा लाग्ने कुरा समेत सम्पुर्णमा जानकारी गराउदछु ।”

मोक्तानले पार्टी प्रवेश पश्चात मन्तव्य राख्ने क्रममा यसो भने, ”म कुनै व्यक्तिगत स्वार्थका कारण नेकपा एमालेमा प्रवेश भएको होइन । माओवादी केन्द्रले जनतालाई निक्कै पटक धोका दिदै आए, तसर्थ माओवदी नामको पार्टी नेतृत्व सत्ताको लोभमा फसिसकेको र सत्ताकै लागी जस्तो सुकै पार्टीसंग गठबन्धन गर्न समेत तयार रहेको हुंदा उक्त पार्टीमा लाग्नु बेकार भयो । अब यो मुलुकमा परिवर्तन चहाने र परिवर्तन गर्ने छ भने त्यो पार्टी एक मात्रै हो नेकपा एमाले । तसर्थ आज म एमालेमा समाहित भए ।”

कार्यक्रम समापन पस्चात जिल्लामा आएका दुई नेता सिंग बहादुर मोक्तान र डुप्साङ लामालाई पूर्वमन्त्री गोकुल बास्कोटा लगायत जिल्ला स्तरीय नेताहरुले विशेष स्वागत गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्