19.1 C
Kathmandu

समाचारराष्ट्रपतिले नागरिकता विधेयकका विषयमा जसपासँग छलफल गर्ने

राष्ट्रपतिले नागरिकता विधेयकका विषयमा जसपासँग छलफल गर्ने

काठमाडौ । राष्ट्रपति भण्डारी नागरिकता विधेयकका विषयमा जनता समाजवादी पार्टी नेपालका नेताहरुसँग छलफल गर्ने भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पारित गरि प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीलाई पठाइएको विधेयक थप छलफल गर्न भन्दै भण्डारीले प्रतिनिधिसभामा फर्काइ दिएकी थिइन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाले पुनः त्यसलाई जस्ताको त्यस्तै पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भने विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्ने क्रममा आज जनता समाजवादी पार्टी नेपालका नेताहरुसँग छलफल गर्ने भएको छ।

नागरिकता विधेयकका विषयमा छलफलका लागि आज दुई वजे बोलाइएको जसपाका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्