28.1 C
Kathmandu

समाचारसन्दीपलाई कानुनी लडाईं लड्नका लागि क्यानले सहयोग गर्ने

सन्दीपलाई कानुनी लडाईं लड्नका लागि क्यानले सहयोग गर्ने

काठमाडौ । जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले कानुनी लडाईंका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई सहयोग मागेको छ ।

क्यारेबियन लिगका लागि वेस्ट इन्डिजमा पुगेका सन्दीप लामिछानेले आफू यो आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र क्यानलाई कानुनी उपचारका लागी सहयोग मागेको क्यानका सचिव प्रशान्तविक्रम मल्लले नमोबुद्ध न्युजलाई बताएका हुन् । ”उनीविरुद्ध १७ वर्षकी किशोरीले बलात्कारको आरोपमा मुद्दा दर्ता भएको छ । जस्तो सुकै अपराधि नै किन नहोस कानुनी रुपमा लड्न पाउने उसको अधिकार हो, तसर्थ क्यान अविभावक संस्था भएको कारणले पनि हामीले उनलाई कानुनी रुपमा सहजिकरण गर्नुपर्ने हुन्छ ।” मल्लले भने

सन्दीप बिरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता भएपश्चात प्रहरीले अनुसन्धानलाई थप चासोका साथ अघि सारेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्