काठमाडौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । लामिछानेविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयले जानकारी जानकारी दिएको छ ।
उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी परेपछी अब लामिछाने माथि अनुसन्धान हुने भएको छ यध्यपी उनी अहिले क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् ।
सामाजिक सञ्जालमार्फत सन्दीप र पीडित किशोरी बिच सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।