24.1 C
Kathmandu

अन्तर्राष्ट्रियप्रवासी नेपाली मन्च राष्ट्रिय कमिटी जापानको अधिवेशन सम्पन्न, अध्यक्षमा कुलचन्द्र खरेल

प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटी जापानको अधिवेशन सम्पन्न, अध्यक्षमा कुलचन्द्र खरेल

काठमाडौं । टोकियोको कामतामा सेप्टेम्बर ४ तारिख आइतवार  आयोजित प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटी जापानको २१ औं अधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टी(एमाले)का नेता कुलचन्द्र खरेल अध्यक्षमा चयन भएका छन् । 

आइतवार सम्पन्न उक्त कार्यक्रम नेकपा एमाले खगराज अधिकारीको प्रमुख आतिथ्यतामा ३३ सदस्यिय कार्यसमिति चयन गरिएको  हो ।

कार्य समितीमा चयन हुनेहरुमा क्रमश:अध्यक्ष-कुलचन्द्र खरेल, उपाध्यक्ष-बाबुराम भन्डारी,अर्जुन अधिकारी, प्रकाश ढकाल र श्रृजना केसी रहेका छन । त्यसै गरी सचिबमा राजेन्द्र श्रेष्ठ, उपसचिव-महेन्द्र कुमार अधिकारी, बुद्धिराज घिमिरे र कृष्टिना भण्डारी रहेका छ्न भने 

सदस्यहरूमा, पशुपति गिरी, बिकाश पौडेल, गम्बिर बस्नेत, कृष्ण खनाल, अच्युत लोहनी, शकंर रिमाल, राकेश लामा, अनुज राज क्षेत्री, मनोज श्रेष्ठ, दिपक घिमिरे, नारायण पौडेल, महेश खड्का, सुमी रायमाझी, चेतन दाहाल, बिनय गुरूङ, दिप पाठक, अर्जुन आचार्य, मथुराम लामिछाने, सागर भुषाल, बलदेव शर्मा, कृष्ण भुषाल, धनराज जोशी, राज्यमान छारा, हरिचन्द्र पौडेल रहेका छ्न ।

अधिवेशनका क्रममा प्रतिनिधि छनोट तथा कार्य समितिमा मनोमानी गरेको भन्दै केही प्रतिनिधिले असन्तुष्टि पोखेपछि अधिवेशन केही समय स्थगित हुन पुगेका थिए । नेतृत्वले असन्तुष्ट पक्षको आवाजलाई समेटेर निर्णय गरेपछि एकताबद्ध भएर नयाँ कार्यसमिति गठन भएको जनाउँदै नव निर्वाचित अध्यक्ष खरेलले आफ्नो नेतृत्वमा कार्यसमिति एक ढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

(माया थोकर तामाङ)

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्