29.1 C
Kathmandu

समाचारपुर्व सैनिक नानीराम भण्डारीलाई प्रेम लामाले हस्तान्तरण गरे एक लाख पच्चीस हजारको...

पुर्व सैनिक नानीराम भण्डारीलाई प्रेम लामाले हस्तान्तरण गरे एक लाख पच्चीस हजारको कृतिम खुट्टा 

काठमाडौ । युवा व्यवसायी समाजसेवी पेमाला गियर प्रा: लि का संचालक प्रेम लामाको विशेष पहलमा पुर्व राष्ट्र सेवक सैनिक नानीराम भण्डारीलाई कृतिम खुट्टा हस्तान्तरण गरिएको छ।

सुनकोसी गाउँपालिका वडा नं ५ सिन्धुपाल्चोकको भण्डारी नेपाली सेनामा कार्यरत थिए । करिब १४ वर्षसम्म देश र राष्ट्रका लागि निरन्तर खटिएको भण्डारीले नेपाली सेनाको जागिर अवकाश पछि अचानक एकाएक प्रेसरले ढलेर दॉंया खुट्टा गुमाएको छ।

खुट्टा गुमाएपछि दैनिकी चलाउन निकै 

गार्‍हो भएको भण्डारीलाई महान सहयोगी मनको धनी समाजसेवी प्रेम लामा, सिटु समिट ट्रेकिङ प्रा.लिको प्रोपाइटार कर्म लामाले रु २५,०००(पच्चीस हजार), समाजसेवी लोक बहादुर भण्डारी (केसव )ले १०,००० (दस हजार ) सहयोग गरि प्रेम लामाद्वारा थप रकम सहित १ एक लाख पचीस हजारको कृतिम खुट्टा हस्तान्तरण गरेका छन् ।

द्वन्द्वकालको संकटकाल पश्चात भण्डारीलाई सेनाले कार्वाही गरेर जागिर अवकाश लिएको स्रोतले बताएको छ।

नेपाली सेनाको जागिर छोडेपछि काठमाडौंमा ज्याला मजदुर गरि पाँच जना परिवार पाल्दै आइरहेका छन् ।

समाजसेवी प्रेम लामाले भन्नू भयो समाजमा जो कोही पीडितहरुलाई आफुले सकेको साथ दिदै आएको बताए । उनले सक्ने सम्मको निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छ।

२ वर्ष देखि थलामा बसेको भण्डारीले हिड्न पाउदा र छुट्टै संसार देख्न पाउँदा निकै खुसी भएको बताउदै सहयोगी दाताहरुलाई विशेष धन्यवाद व्यक्त गरे।

(माया थोकर तामाङ)

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्