28.1 C
Kathmandu

समाचारसिन्धुपाल्चोकमा मोहन बस्नेतलाई टक्कर दिन एमालेको भरत पराजुली

सिन्धुपाल्चोकमा मोहन बस्नेतलाई टक्कर दिन एमालेको भरत पराजुली

काठमाडौ । आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिदै गर्दा राष्ट्रिय महत्व राख्ने दलहरुले धमा धम उम्मेद्वारको चयन गर्न थालेका छन् ।राजधानिको नजिकै रहेको तथा राजनैतिक हिसाबमा अत्यन्तै महत्वको साथ हेरिने सिन्धुपाल्चोक जिल्लामा मुख्य तिन वटै पार्टीले आ-आफ्ना संभावित उम्मेद्वार घोषणा गरिसकेका छन् ।


गठबन्धनबाट चुनाब लड्ने घोषणा गरेका बाम लोकतान्त्रिक गठबन्धन अन्तरगतका माओवादी र नेपाली कांग्रेसले समेत आ—आफ्नो उम्मेद्वारको नाम सार्वजानिक गरेका छन् ।नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं १ कुनैपनि हालतमा नछोड्ने भन्दै सम्बन्धित पार्टी कमिटिबाट सर्वसहमत निर्णय गराएर उपल्लो कमिटिमा सिफारीस पठाए पछि आज माओवादीले समेत आफ्नो उम्मेदवारको नाम सार्वजानिक गरेको छ ।कांग्रेस बाट मोहन बहादुर बस्नेत र माओवादी बाट सभामुख अग्नि सापकोटा, माधव सापकोटा (सुबोध) तथा फुलम तामाङ (प्रज्ञा)लाई सिफारीस गरेको छ भने एमाले बाट पुराना नेता अरुण नेपाल , शरेस नेपाल तथा ब्यबसायी भरत पराजुली सिफारीसमा परेका छन् ।राजनैतिक क्षेत्रमा खुलेर नलागेको भएपनि कुटनितिक र आर्थिक क्षेत्रमा सबल मानिएका भरत पराजुलीलाई नै एमालेले अगाडी बढाउन सक्ने सिन्धुपाल्चोकको राजनितिलाई नजिकैबाट नियालीरहेका केहि बौद्धिक ब्यक्तिहरुले बताएका छन् ।


राजनितिमा अब्बल मानिएका माधब सापकोटा (सुबोध) र लामो समय देखि सिन्धुपाल्चोकको राजनितिमा हालिमुहालि गरेका मोहन बहादुर बस्नेतलाई टक्कर दिन सक्ने उम्मेदवारको रुपमा एमालेले भरत पराजुलीलाई अगाडी सारेको जानकारहरु बताउँछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्