24.1 C
Kathmandu

समाचारबालेनको नजर ठुला क्यासिनोमा, ७ दिनभित्र कर चुक्ता गर्न पत्राचार

बालेनको नजर ठुला क्यासिनोमा, ७ दिनभित्र कर चुक्ता गर्न पत्राचार

काठमाडौ । सार्वजनिक अथवा पार्किङ क्षेत्रमा बनाएका संरचणाहरु भत्काए पश्चात निक्कै चर्चामा आएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विभिन्न क्षेत्रले नतिरेको मनोरञ्जन गर उठाउने क्रममा एक साताभित्र महानगरलाई तिर्नु पर्ने कर चुक्ता गर्न ७ वटा क्यासिनोलाई पत्राचार गरेको छ ।

मेयर शाहले आइतबार होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न ताकेता पत्र पठाएका हुन् । पत्राचार गर्ने ७ वटा क्यासिनोले बिगत ४ वर्ष देखि नतिरेको कर चुक्ता गर्न बांकी रहेको महानगरको रनाजश्व विभागले जनाएको छ ।

प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी क्यासिनोलाई गराएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्