23.1 C
Kathmandu

अर्थतन्त्रकलाकारहरु धमाधम होटल व्यावसाय सञ्चालन गर्दै, बौद्धमा गाउंले ढिडो घर सञ्चालनमा

कलाकारहरु धमाधम होटल व्यावसाय सञ्चालन गर्दै, बौद्धमा गाउंले ढिडो घर सञ्चालनमा

काठमाडौ । पछिल्ला समय विभिन्न क्षेत्र संग सम्बन्धित कलाकारहरु होटल व्यावसाय तर्फको आकर्षण बढ्दो रहेको छ । कलाकारहरुले सामान्य कफि शप देखी करोडौको लगानी सम्मको होटल व्यावसाय सञ्चालन गर्दै आएको देखिन्छ । यसै क्रममा धार्मिक तथा पर्यटकीय हिसाबले निक्कै नै महत्व बोकेको स्थल बौद्ध नजिकै पिपलबोट स्थित नाग गल्लिमा कलाकारकै टिमले गाउंले ढिडो घर सञ्चालन गरेका छन् ।


शनिबार तामाङ समुदाय महानायकअमिर दोङको उपस्थितिमा रिबन र केक काटेर गाउंले ढिडो घरको उद्घाटन भएको हो । बौद्ध जोरपाटी सडक खण्डबाट थोरै भित्र शान्त अनि पारिवारिक वातावरण सहितको गाउंले ढिडो घरका सञ्चालक भने हांस्यकलाकार कुईसाङ रुम्बा, गायक च्वाइस दोङ र मोडल सञ्जीव गोले रहेका छन् । यी तिनै जना तामाङ समुदायका कलाकार हरु हुन् ।

सञ्चालकका अनुसार गाउंले ढिडो घरमा बिशेष गरि गाउंले स्वादमा सबै थरिका ढिडोका परिकारहरु पाउनुका साथै लोकल कुखुरा, कालिजको मासु र सिस्नु उपलब्ध हुनेछ भने अन्य परिकारहरु पनि पाइनेछ । हांस्यकलाकर कुईसाङ रुम्बाका अनुसार अहिले सहर बजारका अधिकांश मानिस सुगर, प्रेसर लगायत अन्य विभिन्न रोगका कारण होटल रेस्टुरेन्टतिर पाएका खानेकुराहरु खाना छोडेर ढिडो खोज्दै हिंडेका पाइन्छन् । त्यस्तै खालका व्यक्तिहरुको समूहलाई मध्यनजर राखेर नै गाउंले ढिडो घर सञ्चालनमा ल्याएको उनले बताए ।

त्यसै गरि जोरपाटी जुबि पेटोल पम्पको अगाडि कलाकारहरुकै संलग्नतामा करोडौ लगानीमा द स्हेनुर हाउस नामक रेस्टुरेण्ट व्यवसाय धमाधम निर्माण गर्दै आएको छ । बर्गर हाउस लगायत अन्य धेरै थरिका होटल रेस्टुरेण्टहरुमा पछिल्ला समय कलाकारहरुको आकर्षण बढ्दो देखिन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्