16.1 C
Kathmandu

कला/ साहित्यसञ्जीव गोलेको दुर्घटना पछि छिनेको मायाको डोरी अब जोड्ला त ?

सञ्जीव गोलेको दुर्घटना पछि छिनेको मायाको डोरी अब जोड्ला त ?

काठमाडौ । एक पछि अर्को गर्दै विभिन्न थरिका म्युजिक भिडियोमा अभिनय गर्दै आएका सञ्जीव गोलेले पछिल्ला समय निरन्तर रुपमा आफै भिडियो निर्माण गर्दै आएका छन् । यसै क्रममा शुक्रवार सञ्जीव गोले आफैले निर्माण गरेको तामाङ भाषाको प्रेम गीत मायाला छो (मायाको डोरी) भिडियो सहित सार्वजनिक गरेका गरेका थिए ।

मायाला छो को शिर्षक र भिडियो हेर्दा बिसुद्ध प्रेम कहानीमा आधारित गीत रहेको देखिन्छ । भिडियोको अन्तमा मोटर साईकल दुर्घटनाको कारण रस्मिला घाईते भएको र सञ्जीवको निधन भएको जस्तो दृश्य देखाईएको छ, तसर्थ सञ्जीव र रस्मिला बिचको मायाको डोरी छिनेको जस्तो देखिन्छ । यद्यपि यस गीतको भाग दुई पनि छिट्टै आउने तयारी रहेको निर्माण पक्षले जनाएको छ भने भिडियोमा समेत दोस्रो भाग आउने उल्लेख गरिएको छ । तसर्थ दुर्घटनामा परेको सञ्जी मायाला छो भाग दुईमा देख्न पाईन्छ कि पाइदैन ? दुर्घटनाका कारण छिनेको मायाको डोरी पछि जोड्ला कि जोड्दैन ? भन्ने खुल्दुलि दर्शका बिचमा रहन सक्छ ।

यस गीतको शब्द संगीत सन्तोष गोलेको रहेको छ भने आवाजमा सन्तोष गोलेलाई सुमधुर स्वरकी धनि गायिका सिर्जन स्याङ्तानले साथ दिएका छन् । गीतको मिक्सिङ/एरेन्ज सानुबाबु घिसिङको रहेको छ । भिडियो तर्फ भने सुर्य लामा दोङको निर्देशनमा सञ्जीव गोलेको साथमा रस्मिला तामाङको प्रेम लिाललाई उतार्न खोजेको छ ।

भिडियोको छायंकन, सम्पादन भने बज्र ङ्यासुरले गरेका हुन् ।

भिडियो हेर्नुहोस…..

प्रतिकृया दिनुहोस….


Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्