27.1 C
Kathmandu

अन्तर्राष्ट्रियप्रवासी नेपाली मञ्च जापानको अधिवेशन सेप्टेम्बर ४ मा गर्ने तयारी

प्रवासी नेपाली मञ्च जापानको अधिवेशन सेप्टेम्बर ४ मा गर्ने तयारी

काठमाडौ ‘प्रवासी नेपाली मञ्च जापान’को २१ औं अधिवेशन सेप्टेम्बर ४ मा हुने भएको छ । मञ्चले उपलब्ध गराइएको प्रचार प्रसार सामाग्रिमा उल्लेख गरिए अनुसार मञ्चको अधिवेशन २०२२ सेप्टेम्बर ४ मा गर्ने तयारी रहेको छ । उक्त प्रचार प्रसार सामाग्री(व्यानर)मा उल्लेख गरिए अनुसार जापान स्थित कमता टोकियोमा दिनको ११ बजेको लागी अधिवेशन मिति, स्थान र समय तोकिएको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको लागि प्रवासि अभियान ! अराजकताको अन्त्य, जुझारु संगठन निर्माणको लागि २१ औं राष्टिय अधिवेशन ! भन्ने मूल नाराका साथ अधिवेशनको पूर्ण तयारी थालिएको प्रवासी मञ्चले जानकारी दिएको हो । प्रवासी मञ्च नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट संस्था हो । मंसिर ४ को लागी प्रदेश र संघको चुनाव घोषणा भए संगै विभिन्न पार्टी तथा पार्टी संग आवद्ध संघ संगठनहरुको गतिविधिहरु स्वदेश तथा विदेशमा पनि तिव्र गतिमा अगाडि बढ्ने क्रममा एमाले निकट प्रवासी मञ्च जापानले पनि आफ्ना कृयाकलापहरु तिब्र ढंगले सञ्चालन गर्दै आएका छन् । प्रवासी मञ्च जापानले यस अघि जापान स्थित विभिन्न क्षेत्रमा रहेको मञ्चको क्षेत्रीय कमिटि गठन तथा अधिवेशनहरु सम्पन्न गर्दै आएका थिए ।

प्रवासी मञ्च जापानले जापानमा रहेका नेपालीहरुलाई पार्टीगत रुपमा संगठित गराउने कार्य निक्कै नै प्रभावकारी रहेको जापानमा रहेका एक नेपालीले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्