25.1 C
Kathmandu

अन्तर्राष्ट्रियसिन्धुपाल्चोक प्रवासी जनसम्पर्क मंच कतारको तदर्थ समिति गठन, संयोजकमा संजय तामाङ पाख्रिन

सिन्धुपाल्चोक प्रवासी जनसम्पर्क मंच कतारको तदर्थ समिति गठन, संयोजकमा संजय तामाङ पाख्रिन

काठमडौ– विभिन्न रोजगारिको सिलशिलामा कतार पुगी कतारलाई आफ्न कर्म थलो बनाई कतारमा बस्दै आएका सिन्धुपाल्चोकका बासिन्दाहरुले अब कतारमै आफ्नो अविभावक पाउने भएका छन |

विशेष गरी सिन्धु बसिहरुलाई नै  लक्षित गरि कतारमा हिजो मात्रै (२०२२ अगस्ट १९ तारिखका दिन) सनैया सफारी हईफ़र मार्केट नजिकै रहेको ग्रिन्स रेस्टुरेन्टको सभाहलमा सिन्धुपाल्चोकका अग्रज व्यक्ति तथा समाज सेवी शंखलाल तामाङ ज्यु को बिशेस अतिथिमा सिन्धुपाल्चोक प्रवासी जनसम्पर्क मंच कतार नामक संस्था खडा गरी तदर्थ समिति गठन गरेको छ |

कतारलाई कर्म थलो बनाई  कतारमा रहर्दै आउनु भएका केहि बिशेस व्यक्तित्व भएका व्यक्तिहरुको पहलमा गरिएको उक्त पहिलो भेटघाट तथा परिचयात्मक कार्यक्रममा उपस्थित भएका ४३ जनामा ४० जना सिन्धुल्चोकका बसिन्दहरु नै थिए, उक्त ४३ जनामा भएको  छलफल पश्चात नै संस्थामा १३ जनाको  तदर्थ समिति गठन भएको हो |

तदर्थ समितिको  संयोजकमा  सिधुपाल्चोक गाउँ पालिका बलेफी ४ घर भई हाल कतार रहदै आएका संजय तामाङ्ग पाख्रिन चयन गरिएको  छ भने कार्य  सदस्य समिति  भित्र इन्द्रवोती ९ का बिर्बल तामाङ्ग, भोटेकोसी ९ का धिन्दुक शेर्पा, इन्द्रवती २ का नबराज थापा, चौतारा साँगाचोक गडी १३ का बिस्व अधिकारी, चौ साँग १४ का राम कुमार नेपाल (खत्री ), चौसाँग १३ का राम कुमार भारती , बलेफी ४ का दिनेश कार्की, चौसाँग ९ का प्रदिप तामाङ्ग (थिङ्ग ,चौसाँग ६ का श्याम लाल तामाङ्ग, मेलम्चीका उर्मिला तामाङ्ग, लिसंखु पाखर ५ का फुर्बा तामाङ्ग र निमा तामाङ्ग गरि १२ जना रहेका छन् | 

कतारमा करिब  ई. सं 2006 मा   सिन्धुपाल्चोक  युवा सिर्जना समूह नामक संस्था स्थापना भईसकेको तर उक्त संस्था संयोजक टिमले नयाँ युवा पिंडीहरुलाई  हस्तान्तरन गर्दै जना नसकेको कारण लोभ भएको कुरा समाज सेवी तथा सिन्धुपाल्चोकका अग्रज व्यक्ति संखालाल तामाङ्गले बताउनु भयो र साथ साथै  जागरुग  युवाहरुले  अब पुन स्थापन गर्दै गरेको  संस्थालाई निरन्तरता दिन आफुले सकेको कुनै पनि किसिमको सहयोग गर्ने प्रतिबद्दता पनि जाहेर गरेका थिए |

अब छिटैनै संस्थाको अधिवेशन गरि नयाँ कार्य समिति बनाई  बैधानिक रुप दिने कुरा  संस्थाका  संयोजक संजय पाख्रिन तामाङ्ले 

जानकारी दिए |

श्रोत: प्रदिप थिङ तामाङ (कतार)

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्