15.1 C
Kathmandu

समाचारनेपाल तामाङ घेदुङ पोखरा महानगरको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा राम बहादुर तामाङ...

नेपाल तामाङ घेदुङ पोखरा महानगरको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा राम बहादुर तामाङ चयन

माया थोकर तामाङ (पोखरा)
पोखरा
–नेपाल तामाङ घेदुङ पोखरा महानगरको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ । शनिबार पोखरामा नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनबाट राम बहादुर तामाङको अध्यक्षतामा ११ सदस्यिय महानगर कमिटी चयन् गरिएको छ ।

पोखरा महानगर नेपाल तामाङ घेदुङमा निर्वाचित हुनेरुमा क्रमश:अध्यक्षमा राम बहादुर तामाङ(शिबु ब्लोन), उपाध्यक्ष-कुमार थिङ तामाङ, सचिव-अञ्जना तामाङ, सह-सचिव-कविता योन्जन तामाङ, कोषादक्ष्य-जसपाल पाख्रीन तामाङ, सदस्यहरुमा गङगा ग्याबक तामाङ, लोक बहादुर थोकर तामाङ, सरिता तामाङ, ललिमाया तामाङ, समिक्षा न्हेगी तामाङ, निरक थिङ तामाङ सहित ११ सदस्यिय कार्य समिती रहेका छन ।

कार्यक्रमको अध्यक्षता टेक बहादुर स्याङ्बो तामाङले गरेका थिए भने प्रमुख अतिथि नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले तामाङ रहेका थिए, बिशिस्ट अतिथीमा पुर्व केन्द्रिय अध्यक्ष धनप्रसाद तामाङ रहेका थिए भने विशष अतिथिहरुमा नेपाल तामाङ घेदुङ संघिय उपाध्यक्ष दिपक वाइबा तामाङ, संघिय सदस्य सुन्दर थोकर तामाङ, नेपाल तामाङ घेदुङ संघिय सदस्य चन्द्र ग्याबक तामाङ रहेका थिए । अतिथिहरुमा नेपाल आदिवासी जनजाती गन्डकि प्रदेश जिल्ला अध्यक्ष मानेन्द्र कुमाल, नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य मनमाया तामाङ, नेपाल तामाङ घेदुङ प्रदेश सदस्य कमला तामाङ, नेपाल तामाङ महिला घेदुङ पोखरा महानगरका अध्यक्ष पबित्र तामाङ, मिस तामाङ पोखरा २०१८ का बिजेता कविता योन्जन तामाङ, पोखरा महानगरका १५ वटा इकाई समितिका अध्यक्षहरु लगायत संस्थामा आबद्ध सदस्यहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रम निवर्तमान सचिव कुमार थिङ तामाङले सन्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिद्वारा तामाङ जन समुदाय, पहिचान, अधिकार, हकहितको लागि लाखौ उतार्ने, तामाङको झन्डा लिएर चोर बाटो होइन, खुल्ला रुपमा मुल गेटबाट सिंहदरबार छिर्ने मुल बद्धता भन्ने मुल नारा रहेको जानकारी दिएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्