19.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानी प्रधानमन्त्री किशिदालाई ज्यान मार्ने धम्की दिने ब्यक्ति पक्राऊ

जापानी प्रधानमन्त्री किशिदालाई ज्यान मार्ने धम्की दिने ब्यक्ति पक्राऊ

जापान।जापान प्रहरीको आपतकालिन फोन नम्बर ११० मा फोन गरेर जापानी प्रधानमन्त्री फुमियो किशिदालाई ज्यान मार्ने धम्की दिने ब्यक्ति पक्राउ परेका छन।
पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको घटना महिना नबित्दै प्रहरीलाई फोन गरेर जापानको तत्कालीन प्रधानमन्त्री किशिदालाई ज्यान मार्ने धम्की दिएका ५१ वर्षीय बेरोजगार ब्यक्तिलाई साईतामा शहरको प्रहरीले पक्राऊ गरेको छ। प्रहरीका अनुसार सातोशी यामागिशी नाम गरेका एक ब्यक्तिले सांझ ७ः३० बजे ११० मा फोन गरेका थिए।अगष्ट १० तारिख सांझ फोन गरेर उनले किशिदालाई ज्यान मार्ने धम्की दिएको बताईएको छ।
प्रहरीले यामागिशिको घरमा रहेको ल्यान्डलाईनमा भएको कल ट्रेस गरेको क्योदो न्युजले जनाएको छ। प्रहरीले यामागिशीले आरोप अस्वीकार गरेको र घटनाको बारेमा आफूलाई केही थाहा नभएको जानकारी दिएका छन।
यामागिशीको घरमा कुनै हतियार नभेटिएको र उनी कुनै राजनितिक वा धार्मिक संगठनसंग आबद्ध छन भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ॥
घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्