24.1 C
Kathmandu

मुख्य समाचारप्रवासी नेपाली मञ्च जापान गुन्मा क्षेत्रीय कमिटिको प्रथम अधिवेशन सम्पन्न

प्रवासी नेपाली मञ्च जापान गुन्मा क्षेत्रीय कमिटिको प्रथम अधिवेशन सम्पन्न

जापान।प्रवासी नेपाली मञ्च जापान गुन्मा क्षेत्रीय कमिटिको प्रथम अधिवेशन सम्पन्न भएको छ।
आईतबार जापानस्थित गुन्मामा सम्पन्न प्रथम अधिवेशनबाट १९ सदस्यीय क्षेत्रीय कमिटी चयन गरिएको छ।
प्रवासी नेपाली मञ्च जापानको अध्यक्ष सुरेश केसीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनमा विशेष अतिथि संगठन बिकास प्रमुख कुलचन्द्र खरेल रहेका थिए भने अतिथिहरूमा बुद्धिराज घिमिरे,बुद्धिराज लामा र अर्जुन आचार्य लगायतका उपस्थिति रहेका थिए।
आईतबार सम्पन्न प्रमुख अधिवेशनबाट निर्वाचित हुनेहरूमा क्रमशःअध्यक्षमा नसिर मिया,उपाध्यक्षमा सुमनराज डल्लाकोटी,सचिवमा चन्द्रबहादुर नेपाली,उपसचिवमा ममता बि.क. र दिपेन्द्र गौतम रहेका छन भने सदस्यहरूमा सूर्य शर्मा,खामिर हिट गुरूङ,दिपककाजी थापा,गणेश अर्याल,अजया सुवेदी,बुद्धी गुरूङ,प्रेमप्रसाद आचार्य,शिशिर तामाङ,श्याम थापा,कमल बि.क.,सिजन भुषाल,बिराज सुनार,उज्वल लुईटेल र शैलेन थापा लगायत निर्वाचित भएका हुन।
अधिवेशन सम्पन्न पश्चात अबको केही दिनमा नै पहिलो बैठक आह्वाण गरेर प्रभावकारी तथा रचनात्मक ढंकले मञ्चले गतिविधिहरू सञ्चालन गर्ने जानकारी प्रचारप्रसार बिभागका प्रमुख प्रकाश ढकालले नमेबुद्ध न्युजलाई जानकारी दिएका छन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्