29.1 C
Kathmandu

सूचना प्रविधितामाङ पत्रकार संघ भक्तपुरको आयोजनामा पत्रकारिता तालिम सम्पन्न

तामाङ पत्रकार संघ भक्तपुरको आयोजनामा पत्रकारिता तालिम सम्पन्न

काठमाडौ । व्यावसायिक पत्रकारिता गर्दै आएका र गर्न चहानेका लागि तामाङ पत्रकार संघ भक्तपु्रले आयोजना गरेको तिन दिने निशुल्क उद्घोषण, व्यक्तित्व विकास, छापा र अनलाइन पत्रकारिता तालिम सम्पन्न भएको छ । श्रावण २० गते देखी नगरकोटको होटल साकुरा दरबारमा सञ्चालन गरेको तालिम आइतवार (श्रावण २२ गते) सम्पन्न भएको हो ।

संघले आयोजना गरेको तिन दिने निशुल्क तालिमको समापन कार्यक्रममा बाग्मती प्रदेशका उपसभामुख माननिय राधिका तामाको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिष्ट अतिथिहरुमा राष्टिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बल, तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान, नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ रहेका थिए । कार्यक्रमको अतिथिहरुमा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य हिरालाल दोङ, तामाङ पत्रकार संघका कन्द्रिय महासचिव तिर्थमान बल, केन्द्रिय सदस्य मिलन लामा, तामाङ चलचित्रका महानायक अमिर दोङ, तामाङ चलचित्र संघ बाग्मती प्रदेशका अध्यक्ष आस्मान वाइबा, नायक टुल्साङ मोक्तान, नायक/कथाकार ऋतुराज पाख्रिन लगायतका अतिथिहरु रहेका थिए ।

समापन कार्यक्रमका बिच विभिन्न जिल्लाहरुबाट तालिममा सहभागि भएका २३ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिनुका साथै वरिष्ठ प्रशिक्षक अमर ध्वज लामा र राष्टिय प्रशिक्षक विकास देव योञ्जनलाई सम्मान पत्र हस्तान्तरण गरिएका थिए । कार्यक्रममा प्रमुख अतिथि लगायत सबै जसो वक्ताहरुले कार्यक्रम आयोजना गर्ने संघलाई धन्यवादका साथै ससहभागिहरुका लागी सल्लाह सुझाव समेत दिएका थिए ।

“व्यावसायिक पत्रकारिता आजको आवश्यकता, तामाङ पत्रकार संघ भक्तपुरको प्रतिबद्धता”भन्ने मुल नाराकासाथ “उद्घोषण, ब्यक्तित्व बिकास, छापा र अनलाइन” पत्रकारिता तालिम श्रावण २० देखी २२ गते सम्म वरिष्ठ प्रशिक्षक अमरध्वज लामा र राष्ट्रिय प्रशिक्षक विकास देव योञ्जनले प्रशिक्षण दिएका थिए । तिन दिने उक्त तालिमकको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि भने नेपाल तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष के.डी मोक्तान रहेका थिए ।

उक्त तालिमले पत्रकारलाई व्यावसायिक रुपमा सबल बनाउन र पेशागत दक्षता अभिबृद्धि गर्न मद्दत पुर्याएको तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष सुदिन लामा दोङले बताए।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्