24.1 C
Kathmandu

सूचना प्रविधितामाङ पत्रकार संघ भक्तपुरको आयोजनामा ३ दिने निशुल्क पत्रकारिता प्रशिक्षण समुद्घाटन

तामाङ पत्रकार संघ भक्तपुरको आयोजनामा ३ दिने निशुल्क पत्रकारिता प्रशिक्षण समुद्घाटन

काठमाडौ । तामाङ पत्रकार संघ भक्तपुरले तिन दिवशीय निशुल्क उद्घोषण, व्यक्तित्व बिकास, छापा तथा अनलाईन पत्रकारिता तालिमको आयोजना गरेको छ । पर्यटकिय हिसाबले अत्यन्तै महत्व बोकेको रमणिय स्थल नगरकोटको होटल साकुरा दरवारमा आयोजना गरेको तालिमको पहिलो दिन अर्थात उद्घाटन समारोह सम्पन्न भएको छ ।

शुक्रवार नगरकोटस्थित होटल साकुरा दरवारमा पहिलो दिनको समुद्घाटन कार्यक्रममा नेपाल तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष के.डी.मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो भने तामाङ पत्रकार संघका केन्द्रिय सदस्य मिलन लामाको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक विनय दोङ, नायक तथा मोडल टुल्साङ मोक्तान, माउण्ट एभरेष्ट युवा क्लवका अध्यक्ष एवम् युवा व्यावसायी शन्त बहादुर तामाङ लगायतका अतिथिहरुको उपस्थिति रहेका थिए ।

औपचारिक रुपमा छोटो कार्यक्रम सम्पन्न पश्चात राष्टिय प्रशिक्षक बिकास देव योन्जनले उद्घोषण तथा व्यक्तित्व बिकास बिषयमा पहिलो दिनको तालिम सुचारु गरेका छन् । यस्तै भोली हुने दोस्रो दिनको प्रशिक्षण कार्यक्रममा बरिष्ठ पत्रकार एवम् प्रशिक्षक अमरध्वोज लामाले छापा तथा अनलाईन पत्रकारिता सम्बन्धि तालिम दिनेछन् । शुक्रवार देखी सुरु भएको तालिम आइतवार सम्म निरन्तर रहनेछ । तालिम अवधिभर प्रशिक्षक बिकास देव योन्जन र अमरध्वोज लामाले क्रमबद्ध रुपमा प्रशिक्षण दिनेछन् ।

पहिलो दिनको तालिममा विभिन्न ठाउंबाट २२ जना सहभागिहरु सहभागि भएका छन् भने भोली दोस्रो दिनको तालिममा केही संख्या थप हुने जानकारी तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष सुदिन लामा दोङले जानकारी दिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्