काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.५ ल्हास्कोट बेशीका एक बृद्ध बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नमोबुद्ध नगरपालिका वडा नं.५ ल्हास्कोट बेशीका ९१ बर्षिय कर्मध्वोज लामा हुन् ।
गत ३ दिन देखी बेपत्ता बएको बृद्ध हाल सम्म फेला पार्न नसकेको स्थानीयबासीले जनाएको छ । श्रावण १७ गते बाट सम्पर्कबिहिन भएको बृद्धको खोजीकार्यमा घर परिवार लगायत स्थानीयहरु निरन्तर रुपमा खटिरहेका छन् ।
बेपत्ता भएका बृद्धलाई कहिं कतै देखेमा नजिकैको प्रहरी कार्यलयमा बुझाउन वा ९८०८६२५९८४/९८०३७६४८०० मा सम्पर्क गर्नका लागी परिवारले अनु्रोध गरेका छन् । बर्षातको समयमा रोशी खोलामा पानीको बहव बढेको हुंदा कतै रोशी खोलाले पो बगायो कि भन्ने आशंका लागेको हुंदा रोशी खोला आसपासमा खोजीकार्य प्रथमिकतामा राखेको छ । यद्यपी अन्यत्र ठाउंहरुमा पनि आफन्तजनहरु मार्फत फोन सम्पर्क गरि खोजीकार्यमा लागेका छन् ।
