24.1 C
Kathmandu

स्थानिय समाचारकटुञ्जेमा भेटियो सात दिन देखि रोशी खोलामा बेपत्ता भएका ज्ञान बहादुर लामाको...

कटुञ्जेमा भेटियो सात दिन देखि रोशी खोलामा बेपत्ता भएका ज्ञान बहादुर लामाको शब

काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.९ का ज्ञान बहादुर लामाको शब आज सातौ दिनमा फेला परेको छ । गत मंगलबार ३ गते बाट रोशी खोलामा बेपत्ता भएका लामाको शव रोशी गाउंपालिका वडा नं ७ स्थित कटुञ्जेबेशीमा फेला परेको हो ।

मंगलबार दिउंसो अन्दाजी ४ः३० बजे देखी बेपत्ता भएका ५७ बर्षिय ज्ञान बहादुर लामासंगै रोशी खोलाले बगाएको भैंसी भने झण्डै २०० मिटर तल जिउंदै निस्किएका थिए भने लामा सात दिन देखी बेपत्ता थिए ।

नमोबुद्ध नगरपालिकाबाट गएका उद्धार टोली संगै नेपाली सेना र सशस्त्रका टोलीको संयुक्त प्रयासमा खोजी कार्य गर्दा समेत फेला परेका थिएन । स्थानियहरु भने लामाको खोजी कार्यमा रोशी खोला आसपासका क्षेत्रमा निरन्तर लागिरहेका थिए ।

करिब ४ः३० बजेतिर फेला परेका शब जिल्ला प्रहरी कार्यलय धुलिखेलबाट आएका प्रहरीको टोली सहितको उपस्थितिमा पोस्टमार्टमको लागि जिल्ला चलान गरिएको जानकारी आएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्