काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.९ का ज्ञान बहादुर लामा पांच दिन देखी रोशीखोलामा बेपत्ता भएका छन् । गत मंगलबार फलामे सांगु स्थित भैंसीसंगै रोशी खोला तर्ने क्रममा लामा बेपत्ता भएका हुन् ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/07/gahate4-1024x461.jpg)
मंगलबार दिउंसो अन्दाजी ४ः३० बजे देखी बेपत्ता भएका ५७ बर्षिय ज्ञान बहादुर लामासंगै रोशी खोलाले बगाएको भैंसी भने झण्डै २०० मिटर तल जिउंदै निस्किएका थिए । लामा भैंसी संगै रोशी खोलामा डुबेको देखेपछि एक स्थानिय कराउंदै स्थानीयलाई बोलाएर त्यही स्थानमा हाम फालेर खोज्दा समेत लामालाई भेटाउन नसकेको स्थानीयहरु बताउंछन् । प्रत्यक्ष दर्शीका अनुसार लामा भैंसी संगै डुबेको देखे लगत्तै खोज्दा पनि न त बगाएको देख्नु न त डुबेको ठाउंमा खोज्दा नै भटाउनु यो कस्तो अचम्मको घटना घट्यो ? उनले भने ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/07/ghate3-1024x461.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/07/ghate3-1024x461.jpg)
घटना घटे देखी स्थानीयहरु खोजी कार्यमा खट्दै आएका छन् भने बुधबार नमोबुद्ध नगरपालिकाबाट गएका उद्धार टोली संगै नेपाली सेना र सशस्त्रका टोलीको संयुक्त प्रयासमा खोजी कार्य गर्दा समेत फेला परेका छैनन् । स्काभेटरको सहायताले रोशी खोलालाई थुनेर डुबेको स्थान आसपासमा खोजी कार्य समेत गरेको स्थानीय बताउंछन् ।
यस्तै तेमाल गाउँपालिका वडा नं.3 का २ जना बालक सुनकोशी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । पांच दिन देखी निरन्तर रुपमा खोजी कार्य रहे पनि बेपत्ता भएका २ बालक फेला पार्न सकेका छैन ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/07/gahate2-1024x461.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2022/07/gahate2-1024x461.jpg)