19.1 C
Kathmandu

अन्तर्राष्ट्रियप्रवासी नेपाली मञ्च जापान गुन्मा केन क्षेत्रीय कमिटिको प्रथम अधिवेशनको तयारी

प्रवासी नेपाली मञ्च जापान गुन्मा केन क्षेत्रीय कमिटिको प्रथम अधिवेशनको तयारी

४ साउन २०७९/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-प्रवासी नेपाली मञ्च जापानले जापान स्थित विभिन्न क्षेत्रमा रहेका क्षेत्रीय कमिटिको अधिवेशन गर्ने कार्य तिब्र गतिमा अगाडि बढाएको छ । यसै क्रममा मञ्चको गुन्मा केन स्थित गुन्मा क्षेत्रीय कमिटिको प्रथम अधिवेशनको तयारी थालिएको छ ।

यहि अगस्ट १४ तारिखका लागी प्रथम अधिवेशनको मिति तय गरिएको गुन्मा केन क्षेत्रीय कमिटि यत्ति बेला प्रचारप्रसार र व्यवस्थापनमा निरन्तर लागिपरेका छन् । केही दिन अघि मात्रै बसेको बैठकबाट प्रथम अधिवेशन र स्थान तय गरिएको गुन्मा केन क्षेत्रीय कमिटिले नमोबुद्ध न्यूजलाई जानकारी दिएको हो । उक्त बैठकबाट हालको कमिटिलाई प्रथम अधिवेशन आयोजक कमिटिमा रुपान्तर गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेका छन् ।

प्रवासी नेपाली मञ्च पूर्बी एसिया कमिटिका अध्यक्ष डा.सरोज कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा जापान कमिटि संगठन विभाग प्रमुख कुलचन्द्र खरेल, राष्टिय कमिटि सदस्य बुद्धिराज गोले लगायतका उपस्थिति रहेका थिए । अगस्ट १४ तारिखका दिन गुन्मेकेनको निसि कोईजुमीमा हुने प्रथम अधिवेशन सम्पन्न गर्न प्रचार प्रसार तथा व्यवस्थापनका लागी संयोजकमा नसिर मियां, सह–संयोजकमा प्रकाश पन्त, सदस्यहरुमा चन्द्र बहादुर नेपाली, शिशिर तामाङ, मोहन गिरी, धिरज अधिकारी र ममता मिया बि.क.रहने गरि प्रचार प्रसार तथा व्यवस्थापन कमिटि समेत निर्माण गरेका छन् ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्