28.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानमा सत्तरूढ दललाई दुईतिहाई बहुमत प्राप्त,संबिधान संसोधनको प्रक्रियाले गति लिने बिश्लेषण

जापानमा सत्तरूढ दललाई दुईतिहाई बहुमत प्राप्त,संबिधान संसोधनको प्रक्रियाले गति लिने बिश्लेषण

११ जुलाई २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-जापानको सत्तारूढ दललाई उपल्लो सदनमा २ तिहाई बहुमत प्राप्त भएको छ।आईतबार सम्पन्न निर्वाचनमा सत्तारूढ दलले संबिधान संसोधनका लागि आवश्यक दुईतिहाई बहुमत प्राप्त गरेको हो।
आज सार्वजानिक भएको निर्वाचनको परिणामअनुसार लिबरल डेमोक्र्याटिक पार्टी एक्लैले बहुमत प्राप्त गर्दा गठबन्धनलाई २ तिहाई बहुमत मिलेको हो। १२५ सिटका लागि भएको निर्वाचनमा लिबरल डेमोक्र्याटिक पार्टी एक्लैले ६३ सिटमा जित हासिल गरेको छ। संबिधान संसोधनको पक्षमा रहेका दलहरूलाई २ तिहाई मत प्राप्त भएपछि संबिधान संसोधनको प्रक्रियाले गाति लिने जापानको संञ्चार माध्यमहरूले बिश्लेषण गरेका छन।
स्वर्गीय पूर्वा प्रधानमन्त्री सिन्जो आबेले संबिधान संसोधन गरी जापानको सेना दोश्रो भूमीमा लड्न पाउने ब्यबस्था भन्दै त्यसका लागि पहल गर्दै आएका थिए। चुनाबी प्रचारका क्रममा आबेको गोली हानी हत्या भएलगत्तै भएको चुनाबमा लिबरले बहुमत प्राप्त गर्नुलाई कतिपयले’आबेको बिरासत’बलियो भनेर तर्क गरेका छन

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्