22.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानका पूर्वप्रधानमन्त्री आबे शिन्जोको गोली प्रहारपछि उपचारको क्रममा निधन

जापानका पूर्वप्रधानमन्त्री आबे शिन्जोको गोली प्रहारपछि उपचारको क्रममा निधन

८ जुलाई २०२२रकुङ्गा होईसेर(दिपक)तामाङ
जापान–जापानका पूर्वप्रधानमन्त्री आबे शिन्जोको गोली प्रहारपछि उपचारको क्रममा निधन भएको छ। नारा सहरमा यहांको माथिल्लो सदनको निर्वाचन प्रचारको क्रममा भाषाण दिईरहेको बेला आबेमाथि बिहान करिब साढे ११ बजेतिर गोली प्रहार भएको हो।

जापानी समाचार संस्था माईनिचि सिन्बुनले आबेमाथि गोली हानिएको जानकारी प्राप्त भएको र अचेत अवस्थामा ढलेका आबेलाई अस्पताल लगिएको उल्लेख गरिएको थियो।

आज करिब ११ः३० बजे नारा शहरको यामातो(सैदाईजी स्टेशन नजिकै भाषण दिईरहेका पूर्बप्रधानमन्त्री आबेमाथि पछाडीबाट गोली प्रहार भएपछि उनी बेहोस भएर ढलेको र एम्बुलेन्समार्फत अस्पताल लगिएको जापानका पूर्वप्रधानमन्त्री आबे शिन्जोको उपचारको क्रममा निधनभएको एनएचके संस्थाले उल्लेख गरेको छ।

साईडमा आन्तर्वार्ता लिएका एनएचके रिपोर्टरका अनुसार,त्यसबेला २ पटक बन्दुकको गोली जस्तो आवाज सुनिएको थियो र पूर्व प्रधानमन्त्री आबे रगत बगेर ढलेका थिए।त्यसपछि प्रहरीले हत्या प्रयासको अशांकामा एक ब्यक्तिको पहिचान गरेर घटनास्थलबाट पेस्तोल पनि बरामद भएको छ।प्रहरीका अनुसार अन्दाजी ४० बर्षका ती ब्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरी उनको पेस्तोल बरामद गरिएको थियो।
प्रहरी अधिकारीका अनुसार आबेको कार्डियोपल्मोनरी अरेस्ट भएको जानकारी आएको छ र हामी पूष्टी गर्दै अगाडी बढीरहेको एनएचके ले उल्लेख गरिएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्