18.1 C
Kathmandu

अन्तर्राष्ट्रियप्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीको प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीको प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौ । प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकुमा प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय कमिटी तोहोकुको आयोजनामा पहिलो अधिवेशनको तयारी भएको प्रवासी मञ्चले जानकारी दिएको हो ।

नेकपा एमाले निकट प्रवासी मञ्चले आउने आईतवार अर्थात जुलाइ महिनाको १० तारिखका दिन अधिवेशन मिती तोकिएको छ । अधिवेशन जापान स्थित I-N Kitchen Miyagi Sendai city Aoba Ward Itsutsubashi मा जापानी समय अनुसार दिनको ठिक १ः०० बजे हुने जानकारी दिएका छन् । यद्यपि अधिवेशनको प्रमुख अतिथिको नाम भने कमिटीले औपचारिक रुपमा सार्वजनिक गरेको देखिदैन ।

आईतबार हुने मञ्चको प्रथम अधिवेशनबाट जापान स्थित तोहोकुमा औपचारिक रुपमा नयां कमिटी गठन गर्ने तयारी रहेको छ । कार्यक्रम स्थल पहिचान गरि आउनेका लागी सहजता मिलाउन ०९०८०५८६००३, ०२२७१४१७६७, ०७०२४३३६११८ र ०८०५१८९८३८८ मा सम्पर्क गर्न समेत मञ्चले अनुरोध गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्