19.1 C
Kathmandu

अन्तर्राष्ट्रियनेयमारको पेनाल्टी गोलमा ब्राजिलको जित

नेयमारको पेनाल्टी गोलमा ब्राजिलको जित

२३ जेठ २०७९/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-जापान नेसनल स्टेडियम टोकियोमा सोमबार भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई बल पोसेसन राख्दै दवाव बढाएपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको साहरा लिनुपरेको थियो । ब्राजिलको हरेक आक्रमणमा जापानको रक्षापङ्ति र गोलरक्षक बाधक बनेको थियो ।

खेलको दोस्रो मिनेटमा नै भिनिसियस जुनियरको पासमा नेयमारको चलाखीपूणै ब्याकहिल पासमा लुकास पाक्वेटाको प्रहार पोस्टमा लागेर फर्कदा ब्राजिल अग्रता लिनबाट चुक्यो । ११औं मिनेटमा फ्रेडको झन्डै २० यार्ड टाढाको प्रहार आकासिदा ब्राजिलले अग्रता लिन सकेन ।

१९औं मिनेटमा राफिन्हाको प्रयासलाई जापानका गोलरक्षक सुइची गोन्डाले विफल पारिदिए । २३औं मिनेटमा इटोको क्रसमा इन्डोको प्रयास सफल हुन नसक्दा जापान अग्रता लिनबाट चुक्यो । त्यसपछि ब्राजिलले २६, २७ र २९औं मिनेटमा लगातार तीन अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा ब्राजिल निराश बन्न पुग्यो ।

४२औं मिनेटमा राफिन्हाले अर्काे अवसर खेर फाल्दा ब्राजिल चुकचुकायो । ५३औं मिनेटमा नेयमारको प्रयासलाई इन्डोले ब्लक गर्दै टोलीको खतरा टारे । ६४औं मिनेटमा गोरक्षक एलिसन बेकरले दिएको लामो पासलाई नेयमारले चेस्टले नियन्त्रणमा लिदै गरेको प्रहार इटाकुराले ब्लक गर्दै टोलीको अर्काे खतरा टारे ।

७८औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । रिचार्लीसनलाई पेनाल्टी बक्समा इन्डोले फउल गर्न पुगेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टी प्रदान गर्दा नेयमार चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा ब्राजिल विजयी हुन सफल भयो ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्