21.1 C
Kathmandu

अर्थतन्त्रगठबन्धन सरकारको उपहार, सहकारीलाई बढायो आयकार

गठबन्धन सरकारको उपहार, सहकारीलाई बढायो आयकार

काठमाडौं । जनतालाई राहत दिन्छौँ भन्दै सरकारमा आएको सत्ता गठबन्धन यतिबेला जनतालाई महँगीको उपहार दिन व्यस्त छ । विभिन्न बहानामा इन्धनको भाउ बढाएर हैरान बनाएको सरकारले अहिले इन्धनको मूल्यमा नयाँ कीर्तिमान नै कायम गरेको छ । यद्यपि पेट्रोलरडिजेलको मूल्यमा भने प्रतिलिटर १० रुपैयाँले घटाएर जनताको आंखामा छारो हाल्ने काम गरेको देखियो ।

यत्ति मात्र नभएर यो सरकारले सहकारीलाई लाग्ने आयकर समेत बढाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा घटेको आयकर पुनः बढाएको छ । सरकारले नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई ७ दशमलप ५ प्रतिशत, उप–महानगरपालिमा १० प्रतिशत र महानगरपालिकामा १५ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको छ ।

यसरी गठबन्धनको सरकारले सहकारी क्षेत्रलाई समेत प्रहार गर्दै आयकरमा बुद्धि गरेकोमा सहकारीकर्मीहरु सामाजिक सञ्जामा टिकाटिप्पणी गर्न थालेका छन् भने सहकारीका छाता संगठन मौन रहेका छन् ।

यस अघि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीलाई लाग्ने २० प्रतिशत आयकर आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत सहकारी क्षेत्रलाई लाग्ने आयकर घटाएर ५, ७ र १० प्रतिशत कायम गरेका थिए ।

सहकारी ऐन २०७४ मा महानगरमा संचालित बचत तथा ऋण सहकारीहरूलाई १०, उपमहानगरपालिकामा ७ र नगरपालिकामा ५ प्रतिशत आयकर लाग्ने व्यवस्था रहेको छ ।
सरकारले गाउँपालिकामा सञ्चालित सबै किसिमका सहकारीलाई भने आयकर पूर्ण रूपमा छुट दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्