27.1 C
Kathmandu

स्थानिय समाचारनमोबुद्धको प्रवक्तामा केसी, २४ घण्टाभित्र प्रत्येक कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरिने  

नमोबुद्धको प्रवक्तामा केसी, २४ घण्टाभित्र प्रत्येक कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरिने  

काठमाडौ– नमोबुद्ध नगरपालिकाको पहिलो कार्यपालिका बैठक प्रवक्ता चयन र न्यायिक समिति गठन गर्दै सम्पन्न भएको छ ।बिहिवार नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो वैठकले नगर कार्यपालिकाको निर्णय, बिज्ञप्ति, सार्वजनिक महत्वका सूचना लगायत सार्वजनिक गर्ने कार्यका लागि वडा नं ६ का वडा अध्यक्ष टिकाबहादुर केसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । बैठकले हरेक कार्यपालिका बैठकका निर्णयहरू नगरपालिकाको आधिकारिक वेबसाइटबाट सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता टिकाबहादुर केसीका अनुसार आजको बैठकले नगर उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिलाई पुर्णता पनि दिएको छ । समिती संयोजक उपप्रमुख रत्नबहादुर लामा रहेका छन् भने समिति सदस्यमा वडा नं ४ का वडा अध्यक्ष अर्जुनबहादुर  कार्की र वडा नं ७ का वडा अध्यक्ष धर्मसिं लामा रहेका छन् । बैठकले मेथिनकोट अस्पतालको व्यवस्थापन समितिमा नगरपालिकाबाट सदस्य रहने व्यवस्था अनुसार वडा नं ३ का वडा अध्यक्ष रमेश तिवारीलाई सदस्य तोक्ने निर्णय गरेको छ भने नगरपालिकामातहत रहेको एउटा एम्बुलेन्सलाई दाप्चा स्वास्थ्यचौकी मातहत राखेर सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।कार्यपालिकाको पहिलो बैठक अघि नगर प्रमुख कुनसाङ लामाले कार्यपालिका सदस्यमा निर्वाचित भएका आठजना सदस्यलाई सपथ ग्रहण गराएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्