21.1 C
Kathmandu

स्थानिय समाचाररोशी गाउँपालिकाको प्रमुखमा दिनेश लामा र उप-प्रमुखमा मिम ब.वाईबा(ज्वाला)को बिजयी

रोशी गाउँपालिकाको प्रमुखमा दिनेश लामा र उप-प्रमुखमा मिम ब.वाईबा(ज्वाला)को बिजयी

काभ्रेको रोशी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसको दिनेश लामा र उप–प्रमुखमा माओवादी केन्द्रको मिम ब.वाइबा(ज्वाला)विजयी भएका छन् । दिनेश लामाले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट प्रमुख पदको लागि उम्मेद्वार दिएका थिए भने गठबन्धकै तर्फबाट मओवादी केन्द्रबाट उप–प्रमुख पदको लागि उम्मेद्वार दिएका मिम ब. वाइबा (ज्वाला)पनि गठबन्धनसंगै विजयी भएका हुन् ।

गत २०७४ को निर्वाचनमा पालिका प्रमुखमा नेपाली काङ्ग्रेस बाट डि.बि लामा र उप-प्रमुखमा लक्ष्मि बार्तौला लगायतका टिमले नेतृत्व गरिएको थियोे भने २०७९ निर्वाचन पछि गठबन्धनको सरकारले नेतृत्व गर्नेछ । दिनेश लामाले नेकपा एमालेका देब सागर लामा र मिम ब. वाइबा(ज्वाला)ले नेकपा एमालेकै बबिता बोहरा संग प्रतिस्पर्धा गरिएको थिए ।

वडा न.८ मा विवाद कारण पुर्न गणना गर्नु परेपनि विजयी भने भैइसकेको छ । नेपाली काङ्ग्रेसका दिनेश लामाले हाल सम्मको मत गणनामा १००० भन्दा माथी मतान्तरले पराजित गरिएका छन् भने माओवादी केन्द्रबाट ज्वालाले ६०० भन्दा माथी मतान्तरले पराजित गरिएका छन् ।यस पालिकाका वडा अध्यक्ष पदमा वडा न. १ मा श्रीदास लामा, वडा न.३ मा धनजित लामा, वडा न.४ मा तेज ब. मगर ,वडा न.५ मा नीर ध्वज लामा र वडा न.९ मा जनम लामा गरि ५ वडा नेकपा एमालेले विजयी गरेको छन । यसैगरी वडा न. २ मा हस्तमान लामा ,वडा न.६ मा नारायण ब. सिवाकोटी ,वडा न.१० मा विकेन लामा , वडा न.११ मा लाल कुमार पख्रीन र वडा न.१२ मा बसन्त कुमार लामा गरि ५ वडामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रबाट वडा न.७ अशोक गौतम ले विजयी गरेका छन् भने वडा न. ८ नतिजा आउन बाकी ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्