16.1 C
Kathmandu

स्थानिय समाचारगोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले

गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले

काठमाडौ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उप मेयरमा नेकपा (एमाले) विजयी भएका छन् । विजयी हुनेमा नेपाली कांग्रेसकाका दीपक रिसाल उपमेयरमा सन्नानी लामा रहेका छन् ।

नतिजाअनुसार मेयरमा विजयी रिसालले एमालेका उद्धव विष्टलाई ११४८ मतले पराजित गरेका हुन् ।

नगरपालिकाका ९ वटै वडाहरूको मतगणना सम्पन्न हुँदा एमालेले उपमेयरसहित ४७ मध्ये २४ स्थानमा जित हात पारेको छ । नेपाली कांग्रेसले प्रमुख सहित २२ सदस्य जितेको छ। वडा नम्बर ४ को अध्यक्षमा भने स्वतन्त्रबाट उम्मेदवारी दिएर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन पाएका जयराम महत विजयी भएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्