15.1 C
Kathmandu

स्थानिय समाचारपाँचदलिय गठबन्धनलाई हराउँदै उपमहानगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

पाँचदलिय गठबन्धनलाई हराउँदै उपमहानगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौ । सत्तारुढ पांच दलको गठबन्धनलाई भारी मत अन्तरले हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् । उनले ३१ हजार ७ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३ सय ६८ मत मात्र पाए ।

यस्तै उपप्रमुखमा पनि एमालेकी हुमाकुमारी डिसी विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत मात्र पाए ।

डाँगी २०७४ मा प्रमुखमा प्रतिस्पर्धा गरेर एमालेका चौधरीसँग पराजित भएका थिए । घोराहीमा एमालेले १९ मध्ये १३ वडा जित्दा काँग्रेसले ५ र माओवादी केन्द्रले एक मात्र वडा जितेको छ ।

यस्तै पाँच दलको गठबन्धनलाई हराउँदै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।नगर प्रमुखमा एमालेका कृष्णप्रसाद श्रेष्ठले गठबन्धनको तर्फबाट कांग्रेसकी शान्ता भण्डारीलाई १ हजार ८ सय १ मतान्तरले पराजित गरे ।

श्रेष्ठले ११ हजार १ सय ३५ मत ल्याएर सन्धिखर्क नगरपालिका प्रमुखमा निर्वाचित भए । भण्डारीले ९ हजार ३ सय ३४ मत ल्याइन् । उपप्रमुखमा एमालेकी मिश्रा आचार्यले गठबन्धनको तर्फबाट माओवादीका राजेन्द्र भुसाललाई ४ सय ७८ मतान्तरले पराजित गरिन् । आचार्यले ९ हजार ६ सय ४६ मत ल्याएर विजयी भइन् । भुसालले ९ हजार १ सय ६८ मत ल्याए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्