23.1 C
Kathmandu

स्थानिय समाचारतेमालको पालिका अध्यक्षमा गठबन्धनका उम्मेद्वार चन्द्र लामा र उपाध्यक्षमा डिएम लामा विजयी

तेमालको पालिका अध्यक्षमा गठबन्धनका उम्मेद्वार चन्द्र लामा र उपाध्यक्षमा डिएम लामा विजयी

काठमाडौ । स्थानीय तहको निर्वाचन २०७९ मा काभ्रेको तेमाल गाउंपालिकामा सत्तारुढ गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी हुनेमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चन्द्र लामा र माओवादी केन्द्रका डि.एम. लामा रहेका छन् ।

पालिका अध्यक्षमा विजयी नेपाली कांग्रेसका उम्मेद्वार चन्द्र लामाले ७ हजार ७८ मत प्राप्त गरेका छन् भने माओवादी केनद्रका उपाध्यक्षका उम्मेद्वार डि.एम.लामाले ६ हजार ६ सय ६० मतका साथ निकटतम प्रतिद्धन्द्धी नेकपा (एमाले)का उम्मेद्वार ईन्द्र तामाङ र समतेन लामालाई पराजय गरेका हुन् ।

गठबन्धनका निकटतम प्रतिद्वन्द्वी एमाले तर्फका उम्मेदवार इन्द्रबहादुर तामाङले ५ हजार ९ सय मत ल्याएका थिए भने उपाध्यका उम्मेद्वार समतेन लामाले ४ हजार ९ सय ७२ मत प्राप्त गरेकी थिइन्।

तेमाल गाउँपालिका वडा नं. १ मा नेकपा (एमाले) का उम्मेद्वार इन्द्र अकिारी र वडा नं.२ मा माओवादी केन्द्रका उम्मेदवार देवराज तामाङ विजयी भएका छन् । यसै गरी वडा नं. ३ मा नेपाली कांग्रेसको उम्मेदवार विष्णु लामा, वडा नंं. ४ मा नेकपा (एमाले) का उम्मेद्वार पेम्बा तामाङ विजयी भएका छन् । वडा नं. ५ मा माओवादी केन्द्रका हजार सिं तामाङ, वडा नंं. ६ ठुलो पर्सेलमा नेकपा माओवादी कै उम्मेदवार प्रेम लामा, वडा नं. ७ मा इन्द्र लाला तामाङ, वडा नंं ८ मा नेपाली कांग्रेसको उम्मेद्वार तेमाल सिं तामाङ र वडा नंं.९ मा माओवादी केन्द्रका उम्मेद्वार चन्द्र बहादुर तामाङ विजयी भएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्