18.1 C
Kathmandu

स्थानिय समाचारकाभ्रेको नमोबुद्ध नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) क्लिन एण्ड स्विफ्ट

काभ्रेको नमोबुद्ध नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) क्लिन एण्ड स्विफ्ट

काठमाडौ । स्थानिय निर्वाचन २०७९ मा सत्तारुढ गठबन्धन र नेकपा (एमाले) बिचको चुनावी रणमैदानको क्रममा काभ्रेको नमोबुद्ध नगरपालिकामा भने माधव कुमार नेपालले नेतृत्व गरेको नयां दल नेकपा (एकीकृत समाजवादी) क्लिन एण्ड स्विफ्ट भएका छन् ।

नमोबुद्ध नगरपालिकाको उप–प्रमुख पदको लागी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) लाई टिकटको अपेक्षा गरेको पार्टी अन्तत वडा नं ५ मा वडाध्यक्षको उम्मेद्वारमा मात्र सिमित रह्यो । नगरपालिकामा राप्रापा र नेकपा (एमाले) बाहेकका दल प्रमुख पद र उप प्रमुख पदका लागि मात्र गठबन्धन भयो भने ५ नं. वडा मा नेकपा (एकीकृत समाजवादी) लाई वडाध्यक्ष र अन्य सवै वडासदस्य माओवादी केन्द्रलाई दिएर यी दुई दल बिच गठबन्धन गरेका थिए ।

दुई दल बिचको गठबन्धनको बावजुत पनि नेकपा एसले हार व्यहोरे पश्चात सिंगो नमोबुद्ध नगरपालिका भित्र नेकपा (एकीकृत समाजवादी) क्लिन एण्ड स्विफ्ट भएका हुन् ।

नमोबुद्ध नगरपालिका वडा नंं.५ मा पूर्व गा.वि.स.अध्यक्ष र उपाध्य सहितको पुरानो नेता, नेकपा(एमाले) को वडा कमिटीका सचिव र सह–सचिव सहित दुई जना निर्वाचीत जनप्रतिनिधि(वडा सदस्य) सहितले नेकपा (एमाले) छोडेर नेकपा (एकीकृत समाजवादी) को संगठन बिस्तार पश्चात यो पटकको चुनावमा वडाध्यक्षको उम्मेद्वार दिएका थिए ।

त्यसै गरि नमोबुद्ध नगरपालिकाका ११ वटा वडाहरु मध्य वडा नं.१ मा स्वतन्त्र उम्मेद्वारले जितेका छन् भने वडा नं.२, ३, ५, ६ र ९ गरि पांच वटा वडाहरुमा नेपाली कांग्रेस जितेका छन् । त्यसै गरि वडा नं.४, ८ र ११ गरि तिन वटा वडाहरुमा नकपा एमालेले जितेका छने भने वडा नं.७ र १० मा माओवादी केन्द्रले जितेका छन् । समग्र नमोबुद्ध नगरपालिका चुनावी नतिजा हेर्ने हो भने गठबन्धनको नाममा माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल नेकपा(एकीकृत समाजवादी) ले भने शुन्य नतिजामा चित्त बुझाउनु पर्ने अवस्था रहेको पाईन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्