20.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रे जिल्ला तेमाल १ मा विवादपछि पुनःमत गणना शुरू

काभ्रे जिल्ला तेमाल १ मा विवादपछि पुनःमत गणना शुरू

१ जेठ २०७९
जापान- बैशाख ३१ गतेको निर्वाचन सके संगै काभ्रे जिल्ला तेमाल गाउँपालिकामा करिव बाह्र घन्टापछि मतगणना शुरु भएकोमा अन्तिम परिणाम स्वीकार्न नसक्दा पुन: मतगणना हुने भएको छ ।

काभ्रेको तेमाल गाउँपालिका वडा नं. १ मा नेकपा (एमाले) ले अग्रता लिएपछि नेपाली काग्रेसको उम्मेदवारी कुलदास तामाङले विरोध गरेपछि मतगणना रोकिएकोथियोे । बैशाख ३१ गते शनिबार दिउँसो एक बजेदेखि मतगणना शुरु गरेको थियो । वडा नं. १ मा जम्मा बाह्र सय तिर्चालीस मत खसेको छ ।

नेकपा (एमाले) को उम्मेदवार इन्द्र अधिकारीको ५२९ नेपाली कांग्रेसको उम्मेदवारी कुलदास तामाङको ५३१ रहेको छ तर नेकपा (एमाले) को उम्मेदवार इन्द्र अधिकारीले अन्तिम परिणामलाई अस्वीकार गरेको छ । पुनः मतगणनाको लागि इन्द्र अधिकारीले निर्वाचन अधिकृतलाई निबेदन दिएपछि पुन: मतगणना हुने भएको छ ।

निर्वाचन अधिकृत र राजनीतिक दलबीच छलफल गरि समस्याको समाधान गर्न खोज्दा एमालेले पुन: मतगणना हुनुपर्ने अडान लिएपछि पुनः मतगणना गरेको हो ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्