30.1 C
Kathmandu

स्थानिय समाचारजनतामाझ उत्साह छर्दै तेमालमा एमालेको पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

जनतामाझ उत्साह छर्दै तेमालमा एमालेको पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

भकुण्डेबेशी–तेमाले जनतामा उत्साह छर्दै नेकपा एमालेका उम्मेद्वारहरुले पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार एमाले काभ्रेका प्रभावशाली नेता इन्द्र तामाङ र युवा तथा विद्यार्थी आन्दोलनको संघर्षबाट उदाएका उपाध्यक्षका उम्मेद्वार सम्तेन लामाको टोलीले गत आइतवारबाट थालेको पहिलो चरणको घरदैलो कार्यक्रम आज समापन गरेको हो ।
‘हामी वडा नं. १ देखि ९ नं. वडासम्मका जनताको घरदैलोमा पुग्यौं,गाउँ विकासका लागि हाम्रा योजना बतायौं ।’–अध्यक्षका उम्मेद्वार तामाङले भन्नुभयो–‘हामी हिजो पनि जनतासँगै थियौं,आज पनि छौं र भोलि पनि हुनेछौं भन्ने कुरा जनताले बुझेका छन्,त्यसैले पनि तेमालका दाजुभाई तथा दिदीबहिनीहरु हाम्रो प्रतिवद्धताप्रति सकारात्मक हुनुहुन्छ ।’

जनतामा निकै उत्साह देखिएको जनाउँदै अध्यक्षका उम्मेद्वार तामाङले नेकपा एमालेले तेमालमा विजयीको झण्डा फहराउने बताउनुभयो । घरदैलो अभियानको क्रममा अध्यक्षका उम्मेद्वार तामाङले आफूलाई तेमालको साझा उम्मेद्वारको रुपमा प्रश्तुत गर्नुभएको थियो ।

उहाँको आह्वान छ–‘म यो माटोको छोरा हुँ,तपाईहरुको सेवा गर्न सक्षम छु,त्यो पार्टी,ऊ पार्टी भनेर हेर्नुहुन्न भन्ने लाग्छ,सबैको सल्लाह सुझाव अनुसार सबैको भावनाको कदर गरी तेमालको विकास गर्छु,त्यसैले हामो सुर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउन गर्न म अनुरोध गर्दछु ।’


उपाध्यक्षका उम्मेद्वार सम्तेन लामाले युवा र महिलाको भावना नजिकबाट बुझ्ने र त्यसको प्रतिनिधित्व गर्दै समग्र तेमालको विकासमा नेतृत्वदायी भुमिका खेल्ने प्रतिवद्धता जनाएकोमा तेमालका स्थानीय जनता हर्षित देखिएको जनाइएको छ ।

घरदैलो अभियानका क्रममा एमालेका उम्मेद्वारहरुलाई तेमालका विद्यार्थी,युवा,महिला,दलित,जनजाति,वृद्धवृद्धासम्मले न्यायो स्वागत गरे । जितका लागि आशिर्वाद दिए ।
‘यो अभियानको क्रममा हामीले आफ्ना प्रतिवद्धताका कुरा जनतामाझ पुर्यायौं’–नेकपा एमाले तेमाल गाउँपालिका कमिटि इञ्चार्ज एवं जिल्ला सचिवालय सदस्य जेनिश लामाले भन्नुभयो–‘तेमाल सरकारको प्रशासन सुधार गरी नियमित सेवालाई चुस्त,दुरुस्त र सहज बनाउने विषयका साथै कृषि,शिक्षा,संस्कृति,पर्यटन जस्ता क्षेत्रका हाम्रा योजना त छँदैछन्,हामीले तेमालका जनताको हितका लागि विशेष योजना नै ल्याएका छौं ।’


उहाँका अनुसार तेमालमा तेमाले जनताको सर्वोत्तम हितका लागि कल्याणकारी कोष स्थापना गर्नेदेखि निशुल्क स्वास्थ्य,खानेपानी र विद्युत वितरण सम्मलाई एमालेले विशेष जोड दिएको छ । तेमालको समृद्धिको मेरुदण्डको रुपमा सडक पूर्वाधारमा तेमाल चक्रपथ निर्माणको योजना समेत एमालेले अघि सारेको इञ्चार्ज लामाले जानकारी दिनुभयो । यसले तेमालको ९ वटै वडाका जनता लाभान्वित हुने उहाँले स्पष्ट पार्नुभयो ।

तेमालमा एमालेको सांगठनिक धरातल बलियो नै मानिन्छ भने तेमालको विकासमा हिजोको भुमिका,जनजीविकालाई छुने गरी अघि सारेको योजना,दुरदर्शी,सक्षम,इमान्दार एवं सादा जीवनका उम्मेद्वारहरुमाथि जनातको विश्वासले तेमालमा एमालेले जित्नेमा दुई मत नरहेको इञ्चार्ज लामाले स्पष्ट पार्नुभयो ।


यो अभियानमा वडाका उम्मेद्वारहरु,पार्टीका कार्यकर्तादेखि शुभचिन्तक सर्वसाधारणसम्मले हावाहुरी,घामपानीको प्रवाह नगरी महत्वपूर्ण सहभागिता जनाएको उहाँले जनाउनुभयो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्