28.1 C
Kathmandu

खेलकुदम्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ। सिटीको मैदानमा भएको पहिलो लेगमा ४-३ गोल अन्तरमा पराजित भएको रियलले गएराति आफ्नै मैदानमा भएको दोस्रो लेगमा ३-१ को जितपछि फाइनलमा पुगेको हो।

रियलका रोड्रिगोले खेलको अन्तिम समय दुई मिनेट भित्र २ गोल गरि बराबरी ल्याएको हो । ९० मिनेटको बराबरी खेलपछि थप ३० मिनेट समय थपिएको थियो । थप समयको ५ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा एक गोल गरी रियललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएको हो । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले ७३ औं मिनेटमा एक गोल गरेका थिए ।

पहिलो लेगमा सिटी ४-३ गोलले विजयी भएको थियो। तर दोस्रो लेगमा रियलले तीन गोल गरेपछि समग्रमा ६-५ को अग्रता भएको हो। अब च्याम्पियन्स लिगको उपाधिका लागि रियल मड्रिड र लिभरपुल आउँदो मे २९ मा खेल्नेछन्।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्