19.1 C
Kathmandu

स्थानिय समाचारनेकपा (एमाले) नमोबुद्ध ५ का टोली तेस्रो दिनको घरदैलो कार्यक्रम लिएर साविकको...

नेकपा (एमाले) नमोबुद्ध ५ का टोली तेस्रो दिनको घरदैलो कार्यक्रम लिएर साविकको वडा नं.१ र २ मा

कानपुर । बेशाख ३० मा हुने स्थानिय तहको निर्वाचन केन्द्रित घर दैलो कार्यक्रम तथा मतदातासंगको भेटघाट अभियानमा नेकपा (एमाले) नमोबुद्ध ५ ले निरन्तरता दिने क्रममा आज तेस्रो दिन साबिकको कानपुर कालापानी वडा नं.२ र १ मा सम्पन्न गरेका छन् ।

पहिलो दिन साबिकको वडा नं.४ बाट सुरु घरेको घर दैलौ तथा मतदाता भेटघाट कार्यक्रम दोस्रो दिन भने साबिकको वडा नं.४ अन्तर्गत पात्ला आंगेटार, दाह्रे गौंडा हुंदै साविकको वडा नं.२ को तल्लो कानपुर, तिमल चौर र कालिका मन्दिर आसपासमा आएर सम्पन्न गरेका थिए ।

यसै क्रममा आज तेस्रो दिनको अभियान भने वडा नं.२ को बांकी रहेको गैह्रि टोल, खोरीया पानी, कामी डांडा धाप हुंदै साबिकको वडा नं.१ अन्तर्गत मुखिया टोल, कानपुर कालापानी बजार बाट थुम्कामा पुगेर सम्पन्न गरेका हुन् ।

भोली चौथो दिनको अभियान भने साविकको वडा नं.१ छापडांडा बाट सुरु गरेर साबिकको वडा नं.५ लास्कोट हुंदै वडा नं.६ डांडागाउंमा पुगेर सम्पन्न गर्ने तयारी गर्ने कार्यक्रम तालिका रहेको नेकपा (एमाले) नमोबुद्ध ५ वडा कमिटिका सह–सचिव राम हरि कोईरालाले जानकारी दिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्