24.1 C
Kathmandu

स्थानिय समाचारनमोबुद्ध ५ कानपुरमा नेकपा (एमाले) ले गोगन पानीबाट सुरु गर्‍यो घर दैलो...

नमोबुद्ध ५ कानपुरमा नेकपा (एमाले) ले गोगन पानीबाट सुरु गर्‍यो घर दैलो कार्यक्रम

कानपुर । नेकपा एमाले कानपुरले चुनावी अभियानको क्रममा पहिलो दिनको घर दैलो कार्यक्रम साबिकको कानपुर कालापानी गाविस वडा नं ४ को गोगन पानी बाट थालिएको छ ।

नमोबुद्ध नगरपालिका वडा नं ५ का वडाध्यक्षका उमेदवार बुद्ध सिं तामाङ, सदस्यहरु राजन पौडेल, पासङ दोर्जे लामा, ईश्वरी बडाल, निर्मला सुनार बिकलगायत नेकपा एमाले पार्टी जिल्ला कमिटी सदस्य बुद्ध सिं लामा, नमोबुद्ध ५ वडाकमिटीको सिङ्गो टिम सहितको नेता कार्यकर्ताहरुको साथमा पहिलो दिनको घर दैलो कार्यक्रम सम्पन्न भएको हो ।

पहिलो दिनको अभियानमा गोगन पानी बाट सुरु भएर बांस घारी, भत्रे भन्झ्याङ लगायत साबिक को वडा नं ४ को प्रत्यक बस्ती, खरिदार पाट्टी हुँदै देउराली डांडामा आएर समापन गरेको नेकपा एमाले वडा कमिटीका सचिव राम हरि कोईरालाले जानकारी दिएको हो ।

पहिलो दिनको घर दैलो अभियानमा नेकपा एमाले प्रती आस्था राख्ने नेता कार्यकर्ताको साथमा स्थानियहरुको समेत उत्साहजनक उपस्थिती रहेका थिए ।

भोलि हुने दोस्रो दिनको घर दैलो कार्यक्रम भने बिहान ८ बजे मेजर पाट्टि पौवा बाट सुरु गरेर साबिकको वडा नं २ र ३ मा सम्पन्न गर्ने तयारी रहेको कोइरालाले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्