17.1 C
Kathmandu

स्थानिय समाचारनमोबुद्धमा नेकपा(एमाले) ले वडा न.११ बाट सुरु गर्यो घर दैलो कार्य क्रम

नमोबुद्धमा नेकपा(एमाले) ले वडा न.११ बाट सुरु गर्यो घर दैलो कार्य क्रम


कानपुर । बैशाख ३० मा हुने स्थानिय निर्वाचन लक्षित विभिन्न पार्टीले चुनावी अभियान थालेको छ ।

यसै क्रममा काभ्रेको नमोबुद्ध नगरपालिकामा नेकपा (एमाले)ले घर दैलो कार्यक्रम सुरु गरेको छ ।

नगरपालिका अन्तर्गत वडा न ११ बाट चुनावी प्रचार तथा घर दैलो कार्यक्रम सुरु गरे संगै वडाको कुरु गाउँ मा नेकपा (एमाले) को पार्टी कार्यलय उदघाटन गरेको छ ।

ऐतिहासिक पवित्र धार्मिक तिर्थस्थल नमोबुद्ध परिसरबाट सुरु गरिएको घर दैलो अभियान सौराह, चे घेन, डांडा कटेरी , चिण्डे, बिमिरे,भालु खर्क, हिल्गर हुँदै कपर ढुङ्गामा पुगेर समापन गर्ने कार्यक्रम तालिका रहेको छ ।

नगरपालिका अन्तर्गत वडा न ११ को चिण्डेमा भने स्थानिय वडावासिहरुको माझमा कोण सभा रखिएको छ । सभालाई सम्बोधन गर्दै नमोबुद्ध नगरपलिका मेयरका उमेदवार राजन भुर्तेल, उपम्रमुखका उमेदवार सम्झना लामा वडाध्यक्षका उमेदवार कृष्ण बहादुर लामा लगायतले नगरभित्र भौतिक पुर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषी लगायतका विषयमा बोलेका थिए ।

मन्तव्यको क्रममा नमोबुद्ध परिसरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउनका लागिपहल भैरहेको कुरा राख्दै नमोबुद्धमा पर्यटक हरुको लागी उचित गन्तव्य स्थल बनाउने तयारी रहेको कुरा समेत बताएका थिए ।

घर दैलो कार्यक्रममा मेयरका उमेदवार राजन भुर्तेल, उपमेयरका उमेदवार सम्झना लामा, वडाध्यक्षका उमेदवार कृष्ण बहादुर लामा, वडा सदस्यका उमेदवार ग्यानी बिक, अन्जु लामा, सानुकान्छ तामाङ, प्रकाश तामाङ लगायत पार्टीका अन्य नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेक थिए ।

घर दैलो कार्यक्रमलाई निरन्तरता दिने क्रममा भोलि दोस्रो दिनको कार्यक्रम भने वडा न.८ मा रहेको नेकपा(एमाले)नगर कमिटीका सचिव गणेश लामाले जानकारी दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्