18.1 C
Kathmandu

स्थानिय समाचारवर्ग शत्रुसंग गरिएको गठबन्धन अपवित्र र अशुद्धता छःनमोबुद्धका स्वतन्त्र उमेद्वार सिंग लामा

वर्ग शत्रुसंग गरिएको गठबन्धन अपवित्र र अशुद्धता छःनमोबुद्धका स्वतन्त्र उमेद्वार सिंग लामा

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा मेयरको लागी स्वतन्त्र रुपमा आफ्नो मनोनयन दर्ता गरिएको सिंग बहादुर लामाले सत्तारुढ गठबन्धनलाई अपवित्र र अशुदताको संज्ञा दिएको छ । सोमबार निर्वाचन आयोगमा नमोबुद्ध नगरपालिकाको नगर प्रमुखका लागी स्वतन्त्र रुपमा आफ्नो मनोनयन दर्ता गरिएको लामाले वर्ग शत्रुसंग गरिएको गठबन्धनलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए ।

मंगलबार सारा खबर र नमोबुद्ध न्यूजसंग गरिएको संवादमा लामाले स्वतन्त्र रुपमा नगर प्रमुखको लागी आफ्नो मनोनय दर्ता गरेको जानकारी दिएका हुन् । संवादको क्रममा उनले नेपाली कांग्रेससंग गरिएको चुनावी गठबन्धनलाई चुम्बकको विकर्षण हुने दुई ध्रुवको उदाहरण दिएको छ । चुम्बकको विकर्षण हुने दुई ध्रुव जत्तिनै हातले समाएर जवरजस्ति जोड्न खोजे पनि एकले अर्कालाई पर धकेल्छ कत्तिन्जेलसम्म हातले समाएर बस्ने हो ? उनले प्रश्न गरे । यत्ति मात्र होइन चुम्वकले जसरि चुम्बकिय बस्तुलाई आफुतिर तान्छ त्यसै गरि नेकपा माओवादी केन्द्रले राजनितिक रुपमा जात र वर्ग मिल्नेसंग मात्र चुनावी गठबन्धन गर्नु पथ्र्यो ।

हिजोका दिनमा नेपाली कांग्रेसलाई वर्गीय शत्रुको रुपमा दस्तावेजमै उल्लेख गरेर अभियान सञ्चालन गर्ने पार्टी विगतलाई भुलेर आज केही स्वार्थको निम्ति नेपाली कांग्रेससंग गठबन्धन गर्नुमा मेरो घोर आपत्ति छ,उनले भने । अघिल्लो निर्वाचनमा जात र वर्ग मिल्ने पार्टी एमालेसंग गठबन्धन गरेर सत्ता साझेदारी गरेर चुनावमा जांदा दुवै पाटीर्को साझा घोषणा पत्र थिए, दुवै पार्टीको झण्डा दुवै पार्टीका नेता कार्यकर्ताले बोके, एउटै टिम बनेर चुनावी माहोलमा होमियो र चुनाव पश्चात पार्टी एकिकरणको कुरा पनि थियो तसर्थ आम कार्यकर्ता र जनताले ठुलै आशा र अपेक्षा सहित मतदानमा सहभागी भए तर अहिले गठबन्धन भनेको छ, आ–आफ्नो छुट्टाछुट्टै पारा छ । यत्ति मात्रै नभएर नेपाली कांग्रेसका केही जिम्मेवार नेताहरुले त माओवादीलाई भोट हाल्नु भन्दा हात काटेर फाल्छु भन्ने खालका अभिव्यक्तिहरु समेत दिएका छन् कसरी स्वीकार्न सक्छ यो गठबन्धन ?उनले अझ प्रश्न थपे ।

संघ र प्रदेशको निर्वाचनमा भएको गठबन्धनसंगै पार्टी एकीकरण समेत भएको नेकपामा फुट आएपश्चात मुलुकमा कस्तो खालको घटनाहरु घटे ?त्यसै गरि स्थानीय तहमा भएको गठबन्धन पश्चात स्थानीय सरकारमा गठबन्धनले नेतृत्व त गर्ला तर कुनै दिन नमिलेमा नगरपालिका/गाउंपालिकाहरुमा कस्तो अवस्था सिर्जना हुन्छ? एक पटक मनन गर्न समेत लामाले आग्रह गरे । भोली मेयर पूर्व फर्किने उपमेयर पश्चिम फर्किने अवस्था आएमा स्थानीय तहको अवस्था कस्तो हुन्छ ?उने प्रश्न माथी प्रश्न थपे ।

नमोबुद्ध नगरपालिकामा मेयरको लागी स्वतन्त्र उम्मेदार दिएका लामा नेकपा माओवादी केन्द्र नमोबुद्ध नगरपालिका वडा नं.५ का प्रभावशाली नेता हुन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्