20.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाली काङ्ग्रेस मेयरका उम्मेद्वार विश्वदेब श्रेष्ठलाई काङ्ग्रेसकै कार्यकर्ताले हातपात

नेपाली काङ्ग्रेस मेयरका उम्मेद्वार विश्वदेब श्रेष्ठलाई काङ्ग्रेसकै कार्यकर्ताले हातपात

१२ बैशाख २०७९
जापान-नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाका मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठलाई कांग्रेसकै युवा कार्यकर्ताले हातपात गरेका छन् । मनोनयन दर्ता गर्न फोटो खिचाउन बसपार्कस्थित एक फोटोस्टुडियोमा गएका उनलाई दिउँसो एक बजेतिर युवा कार्यकर्ताले कुटपिट गरेका हुन् ।

कुटपिटबाट उनको टाउको र हातमा चोटपटक लागेको छ । ‘तरुण दलका सुदीप थापा मगरलगायतका १०, १२ जना केटाहरुले हेलमेट र सिसाले कुटपिट गरेका हुन् ‘ उनले भने, ‘बसिरहेको ठाउँमा एक्कासी आएर हाने । केही बोल्न पनि पाइएन । म त मरेँ भनेको थिएँ ।उनीहरुविरुद्ध ज्यान मुद्धामा उजुरी गर्छु ।’

आफूले टिकट नपाएको झोकमा आकांक्षीमध्ये कसैले कुट्न पठाएको उनले आरोप लगाए । उनले टिकट पाएको खबर पाएपछि कांग्रेसका असन्तुष्ट युवा कार्यकर्ताले कांग्रेसको जिल्ला कार्यसमितिको कार्यालय र नगर समितीको कार्यालयमा तालाबन्दी र धर्ना गरेका छन् । उनीहरुको अवरोधका कारण कांग्रेसले अहिलेसम्म मनोनयन दर्ता गराउन सकेको छैन ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्