17.1 C
Kathmandu

ब्रेकिङ समाचारकाङ्ग्रेस नेता कुन्साङ लामा द्वारा काङ्ग्रेसकै नेता रोशन पाण्डे माथि कुटपिट

काङ्ग्रेस नेता कुन्साङ लामा द्वारा काङ्ग्रेसकै नेता रोशन पाण्डे माथि कुटपिट

१२ बैशाख २०७९/कुङ्गा होईसेर तामाङ
जापान- काभ्रे जिल्ला नमोबुद्द नगरपालिका काङ्ग्रेस पार्टीको टिकट बितरण सम्बन्धी बिवादमा नेपाली काङ्ग्रेसका मेयरको दाबेदार रोशन पाण्डे माथि अर्को मेयरको दाबेदार कुन्साङ लामाले कुटपिट गरेका छन।
पाण्डेको भनाई अनुसार”उहाँ एक्कासी म भएतिर आउनु भयो, मैले दाइ नमस्ते भन्दै थिएँ, उहाँले केही नभनी मुक्का हान्नुभयो ‘उहाँले हानेपछि सँगै भएका अरुले पनि हातमा जे जे छ, त्यसले हिर्काए”
पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिव समेत रहेका पाण्डेलाई लामाले बनेपाको भिलेज रिसोर्टमा नमोबु्द्द नगरपालिकाको मेयरको टिकटको बिषयमा बिबाद हुदा हातपात गरेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।
पाण्डेसमेत मेयरको दाबेदार थिए तर लामाले आफूबाहेक अरूलाई टिकट दिन नमिल्ने भन्दै पाण्डेमाथि आक्रमण गरेको हुन। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। लामाले यस अघि काभ्रेका नेता अच्युत पौडेलमाथि समेत हातपात गरेका थिए।
पाण्डे पार्टी केन्द्रिय सदस्य गणेश लामा पक्षका हुन भने कुटपिट गर्ने कुन्साङ लामा काभ्रे जिल्ला सभापति तिर्थ लामा पक्षका हुन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्