16.1 C
Kathmandu

शिक्षातेमाल गा.पा.वडा नं.१ मा जनचेतना मा बि को ५ कोठे भबन उद्घाटन

तेमाल गा.पा.वडा नं.१ मा जनचेतना मा बि को ५ कोठे भबन उद्घाटन

काठमाडौ । काभ्रेको तेमाल गाउंपालिका स्थित वडा नं.१ मा श्री जनचेतना माध्यमिक बिध्यालयको ५ कोठे भबन उद्घाटन समारोह सम्पन्न भएको छ ।

तेमाल १ मा रहेको श्री जनचेतना माध्यमिक बिध्यालयको नव निर्मित ५ कोठे पक्कि भवन ‘मद्दत नेपाल‘को आर्थिक सहयोगार्थमा निर्माण सम्पन्न भएको हो । बिध्यालयमा भवन अभावको महशुस भएपश्चात स्थानीय श्री पन्चवीर तामाङधावा तामाङको निरन्तर पहलमा उक्त भवन निर्माण प्रकृया सम्पन्न भएको हो ।

सोमबार ‘मद्दत नेपाल’का संस्थापकको प्रमुख आतिथ्यतामा नवनिर्मित भवन उद्घाटन गरिएको हो । बिध्यालयले ५ कोठे पक्कि भवन पाए संगै पठनपाठनको लागि सहजता मिलेको अनुभुती बिध्यालयका शिक्षक शिक्षिका लगायत स्थानिय अविभावकहरुले समेत गरेका छन् ।

भवन उद्घाटन कार्यक्रमका बिच ‘मद्दत नेपालका‘ संस्थापकलाई बिध्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिनुका साथै पन्चवीर तामाङ र धावा तामाङलाई प्रशंसा पत्रको साथ सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मद्दत नेपालका संस्थापकले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आगामि दिनहरुमा पनि बिध्यालयलाई आवश्यक पर्ने अन्य सामाग्रिहरु समेत उपलब्ध गराउने कुरामा प्रतिबद्धता व्यक्त गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्