17.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिका वडा नं. ११ को आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

नमोबुद्ध नगरपालिका वडा नं. ११ को आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ११ को आयोजनामा सोमबार जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

उक्त कार्यक्रम वडा नं.११ कुरुगाउंमा बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यता एवं नगर प्रमुख टी.पी. शर्मा तिमल्सिनाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो भने अतिथिहरुमा नगर उप प्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायत उपस्थित रहेका थिए ।

वडा अध्यक्ष कृष्णवहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम वडा सचिव शंकर भट्टराइले सञ्चालन गरेका थिए । वडा कार्यलय कुरुगाउंमा सम्पन्न उक्त कार्यक्रममा वडावासी १३९ जना जेष्ठ नागरिकलाई सम्मान गरिएका थिए। नमोबुद्ध नगरपालिका वडा नं.११ ले प्रत्येक बर्ष यसै गरी जेष्ठ नागरिक लक्षित विभिन्न कार्यक्रमको आयोजना गर्दै जेष्ठ नागरिकहरुलाई सम्मान गर्दैै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री चन्द्र लामा आफु निर्वाचित भएपछि आफ्नो बुद्धि र क्षेमताले भ्याए सम्म दिन रात जनताकै हितका लागी खटीरहेको कुरा व्यक्त गर्दै विशेषत आफु यहि नगरको वासिन्दा भएको हुंदा अझ यस नगरपालिकाको समग्र विकासमा बढी प्राथमिकता दिएको बताएका थिए । नगरप्रमुख टी.पी शर्माले भने नमोबुद्ध नगरपालिकाकै भुगोलको हिसाबले ११ नं.वडाको रोशीटार लगायतका भेग बिकट रहेको हुंदा यस वडालाई विशेष ध्यान दिएर विकास निर्माणका कार्यहरु सुचारु गरिएको कुरा बताउंदै अन्र्तराष्टिय स्तरको स्वास्थ्य अनुसन्धान केन्द पनि यसै वडामा निर्माण गर्नका लागी डिपिआर सम्पन्न भएको हुंदा यस वडाको लागी गर्वको कुरा रहेको बताए ।

यसै गरी उपमेयर रामदेवी तामाङले वडा नं.११ मा माध्यमीक तहको विद्यालय नभएको सवै वडाबासी तथा जनप्रनिनिधिले यस विषयमा पहलकदमी गर्नु पर्ने कुरामा जोड दिएका थिए भने वडाध्यक्ष कृष्ण बहादुर तामाङले राज्यको निति र व्यवस्था बमोजीमको कार्यक्रमलाई कार्यन्यवयनको चरणमा जेष्ठ नागरकि सम्मान कार्यक्रम आफु निर्वाचित भए पछि निरन्तर आयोना गर्दै आएको र पर्याप्त मात्रमा जेष्ठ नागरिगहरुको समस्याहरुलाई सम्बोधन गर्न नसकेपनि आफ्नो ध्यान इतिहांस बोकेका जेष्ठ नागरिकप्रति रहेको कुरा बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्