19.1 C
Kathmandu

ब्रेकिङ समाचारगण्डकी प्रदेशमा माधव नेपालले मुख्यमन्त्रीलाई फोन गरेर सांसदबिनै मन्त्री मागे

गण्डकी प्रदेशमा माधव नेपालले मुख्यमन्त्रीलाई फोन गरेर सांसदबिनै मन्त्री मागे

काठमाडौ । सुदूरपश्चिम सरकारमा कांग्रेसलाई सहभागी गराउने चर्चा चलेसँगै एकीकृत समाजवादीले मन्त्री मागेको छ ।

आफ्ना एक जना पनि सांसद नरहेको गण्डकी प्रदेशमा एकीकृत समाजवादीले मन्त्री मागेको छ । संविधानको धारा १७० मा गैरसांसदलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ । सोही व्यवस्थामा टेकेर सरकारमा जाने समाजवादीको तयारी छ ।

मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले एकीकृत समाजवादीलाई मन्त्री दिने विषयमा केन्द्रबाट आधिकारिक कुरा नआएको बताए ।

उनका अनुसार मन्त्री माग गरिए पनि यो हल्ला मात्र हो । स्रोतका अनुसार माधव नेपालले मुख्यमन्त्रीलाई फोन गरेर मन्त्री माग गरेका थिए । यसको जवाफमा मुख्यमन्त्रीले गण्डकीमा १२ जना मन्त्री रहेको र यहाँभन्दा बढी थप्न नमिल्ने बताएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्