27.1 C
Kathmandu

ब्रेकिङ समाचारस्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२

काठमाडौ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता मिति तेकेको छ । आयोगले उम्मेदवारी दर्ताको लागी वैशाख ११ र १२ गते
गरि दुई लिनको समय तोकेको हो ।

उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिने भएकोछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको लागि समय दिएको छ ।

त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । ।

३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्