30.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानमा भुकम्पमा परी ४ जनाको मृत्यु,करिब १५० जना घाईते

जापानमा भुकम्पमा परी ४ जनाको मृत्यु,करिब १५० जना घाईते

१७ मार्च २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान- फुकुशिमा प्रिफेक्चर केन्द्रबिन्दु बनाएर बुधबार राती ११ः३६ बजेतिर ७.३ म्यग्निचुडको भुकम्प गएसंगै जापानमा भुकम्पमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ भने करिब १५० जना घाईते भएका छन।
भुकम्प गएलगत्तै जापानको मौसम बिभागले फुकुसिमा र मियागीमा सुनामीसम्बन्धी चेतावनी जारी गरिएको थियो।यी दुई क्षेत्रमा केही स्थानमा करिब ३० सेन्टीमिटरसम्मको सुनामी आएको भएतापनि गम्बिर खतरा टरेको बताईएको छ।
मियागी र फुकुशिमा क्षेत्रका करिब ३५ हजार ६०० घरधुरीमा बिद्युत आपूर्ती बन्द भएको थियो भने रेल सेवा पनि प्रभावित भएका छन।
मन्त्रीपरिषदको बजेट समितिको बैठकमा प्रधानमन्त्री किशिदाले’भुकम्प पछि तुरून्तै क्षतिको अवस्था बुझ्न निर्देशन दिएको छु,क्षतिको अवस्था बुझेर मानवीय सुरक्षाको नीति अन्तर्गत जीवनरक्षा उद्ववारको कार्य गर्न आकस्मिक सभा टोली बोलाएका छौं पहिलो जीवन रक्षा हो’भनेको कुरा एनएचके समाचारसंस्थाले उल्लेख गरेको छ।
क्षतिको अवस्थाको सम्बन्धमा उनले भने’हामीलाई विपद्सॅंगको सम्बन्धबारे अनुसन्धान गरिरहेको अवस्थामा ८ बजे ४ जनाको मृत्यु भएको र ९७ जना घाईते भएको खबर प्राप्त भएको छ हामी उहांहरूप्रति गहिरो समवेदना र सवास्थ्यलाभ व्यक्त गर्न चाहन्छौं।’
यसबाहेक आणविक उर्जा केन्द्रमा,यस समयमा प्लान्टको डेटामा कुनै असामान्यता पूष्टी भएको छैन र तोहोकु शिन्कान्सेनको शिरोईशिजाओ स्टेशन र फुकुशिमा स्टेशनको बीचमा गाडी पटरीबाट खसेको भएतापनि कुनै यात्रु घाईते भएका छैनन र तोहोकु ईलेक्ट्रिक पावर कम्पनीले अधिकार क्षेत्रका ३५,६०० घरधुरीमा विद्युत अवरूद्द भएको वताईएको छ।
त्यसपछि प्रधानमन्त्री किशिदाले भने’अबको साता वा सोभन्दा बढी दिनमा बिशेषगरी भुकम्प गएको केही दिनमा बराम्बार ठुला भुकम्प जान्छ र म उच्च भावनाका साथ सम्भावित सबै उपायहरू अवलम्बन गर्न चाहान्छु।’
यसैबीच जापानको मौसम विज्ञान एजेन्सीका अनुसार १६ तारिख मध्यरातको ७.३ म्याग्निचुडको भुकम्प पश्चात १० घण्टाको अवधीमा करिब २ भन्दा माथिको ५.६ म्यग्निचुड सम्मका कम्पन एकै साथ आसपास केन्द्रबिन्दु भएर गएको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्