30.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापान सरकारले युक्रेनी शरणार्थीलाई जापान प्रवेशको अनुमति संगै रोजगारी दिने

जापान सरकारले युक्रेनी शरणार्थीलाई जापान प्रवेशको अनुमति संगै रोजगारी दिने

मार्च १६ २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-जापान सरकारले युक्रेनी शरणार्थीलाई जापान प्रबेशको अनुमति संगै रोजगारी दिने भएको छ।रूसले युक्रेनमाथि हमला गरेपछि त्यहांबाट विस्थापित भएर आउनेहरूलाई स्वीकार गर्न थालेको छ।
यसअन्तर्गत शरणार्थीहरूलाई ९० दिनको आवासीय हैसियतमा प्रवेशको अनुमति मिलिरहेको छ।यसरी आएकाहरूलाई भिषा विस्तार गरेर एक बर्षको लागि निर्धारित गतिविधि भिषाको बनाउन अनुमति दिईनेछ।
यो परिवर्तन पछि उनीहरूलाई आवासीय हैसियत दिनेछ भने काममा आवश हुने कानुनी अधिकार पनि मिल्ने न्यायमन्त्री योशिहिसा फुरूकावाले भनिन्।
शारणार्थीहरूले सामना गरिरहेको अवस्थालाई पर्याप्त रूपमा बिचार गरेर भिसा हैसियतमा लचिलो भएर प्रतिक्रिया जनाईने उनले बताईन।जापानका लागि युक्रेनी राजदुत सेर्गी कुसुर्नास्की र अन्य अधिकारीहरूले जापानलाई शारणार्थीहरूलाई काम गर्ने अनुमति दिन अनुरेध गरेपछि पछिल्ला कदम चालिएको हो। प्रधानमन्त्री फुमिओ किशिदाले फुरूकावा सम्बन्धित अन्य मन्त्रीहरूलाई शरणार्थीहरूको सहायताका लागि उपायहरू तयार पार्न निर्देशन दिएका छन।
शरणार्थीहरूलाई टेवा दिने घोषणा गरेको कम्पनी स्थानीय सरकारहरूसंग पनि केन्द्र सरकारले सहकार्य गर्ने बताईएको छ।आईतबारसम्ममा जापानले ४७ जना युक्रेनीहरूलाई स्वीकार गरेको छ। यी सबैलाई ९० दिनको भिसा दिईएको छ।
भिसा हैसियत विस्तारले यिनीहरूलाई जापानमा बासिन्दाका रूपमा दर्ता गर्न मिल्नेछ।भविष्यमा आउने शरणार्थीहरूलाई पनि छोटो अबधिको भिसा दिईने र पछि भिसा हैसियतको अनुमति दिने सरकारले बताएको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्