30.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापान प्रवेश गर्ने हरेक नवप्रबेशिका बिद्यार्थीहरूले १ लाख येन नगद पाउने

जापान प्रवेश गर्ने हरेक नवप्रबेशिका बिद्यार्थीहरूले १ लाख येन नगद पाउने

११ मार्च २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-जापान सरकारले यही मार्च अन्त्यसम्ममा जापान प्रवेश गर्ने नवप्रबेशी सबै बिद्यार्थीहरूलाई १ लाख येन नगद दिने निर्णय गरेको छ।जापान सरकारको यो घोषणा संगै नेपाली बिद्यार्थीहरूपनि लाभान्बिक हुने भएका छन।
लामो समयसम्म नवप्रबेशिकाहरूमा लगाईएको प्रतिबन्ध जापान सरकारले मार्च १ तारिखबाट खुकुलो बनाईएको थियो।सकेसम्म सबै बिदेशी बिद्यार्थीहरूलाई जापान भित्र्याउनको लागि जापान सरकारले बिभन्न उपायहरू अपनाईरहेका छन।
जापानले हवाईजहाजको खाली सिट प्रयोग गरी प्रत्येक दिन बिदेशी बिद्यार्थीहरू भित्र्याउने संख्या तीब्र गतिमा बढाईरहेको छ।कोरोनाको कहरले पार्ट टाईम काम पाउन मुस्किल हुन सक्ने भन्दै जापान सरकारले यही महिनाको अन्त्यसम्म जापान प्रबेश गर्ने जापानी भाषा बिद्यालय तथ बिश्वबिद्यालय का बिदेश बिद्यार्थीहरूलाई आर्थिक सहयोग गर्नको लागि प्रतिव्यक्ति १ लाख येन दिन लागेको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ।
यसको साथयाथै समस्यामा परेका जापानी भाषा बिद्यालय,सेन्मोन गाक्कोउ र बिश्वबिद्यालयमा अध्ययनरत बिद्यराथीहरूले पनि प्रतिब्यक्ति आपतकालिन लाभको आबेदन दिन पाउनेछन।आबेदन दिएकाहरूको बारेमा आफू अध्ययन गरिरहेको संस्थामा जांच गरी महिनाको अन्त्यमा १ लाख येन भुक्तानी गरिने छ।
जापान सरकारले तोकेको दैनिक प्रबेश सिमा तथा भिषा आबेदन झनझटका कारण भने यस्तो सरकारी सहुलियत पाउने बिद्यार्थीको संख्या केही हजार मात्र हुने ठहरिएको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्