23.1 C
Kathmandu

Uncategorizedनेकपा एमाले तेमालको आयोजनामा स्थानीय निर्वाचन प्रशिक्षण कार्यक्रम फाल्गुन २७ मा हुने

नेकपा एमाले तेमालको आयोजनामा स्थानीय निर्वाचन प्रशिक्षण कार्यक्रम फाल्गुन २७ मा हुने

९ मार्च २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान- नेकपा एमाले तेमाल गाउॅंपालिकाको आयोजनामा स्थानीय निर्वाचन प्रशिक्षण तथा पार्टी कार्यालय स्थापना कार्यक्रम आउॅंदो फाल्गुन २७ गते तेमाल ५ नारायणस्थानमा हुने भएको छ। नेकपा एमालेका पोलिटब्युरो सदस्य,काभ्रे जिल्ला ईन्चार्ज एवं पूर्व सुचना तथा संञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम हुने कुरा तेमाल गाउॅंपालिका कमिटी सह-सचिव सुरेन्द्र तामाङले जानकारी दिनुभएको हो।
मंगलबार,नेकपा एमाले तेमाल गाउॅंपालिका कमिटीको अध्यक्ष ईन्द्रमान तामाङको अध्यक्षता,नेकपा एमाले काभ्रेको सचिवालय सदस्य एबं अनेमसंघ काभ्रेको सचिब पबित्र भुर्तेलको प्रमुख आतिथ्यता तथा नेकपा एमाले काभ्रेको जिल्ला सल्लाहकार परिषदको सदस्य एवं नेकपा एमाले तेमाल गाउॅंपलिका पूर्व संयोजक घनश्याम लामाको बिशेष आतिथ्यतामा ३ वटा जनवर्गीय संगठनहरूको गठन सम्पन्न भएको छ।
यसै क्रममा लालीमाया तामाङको अध्यक्षतामा अखिल नेपाल महिला संघ, रेख बहादुर बिस्वकर्माको अध्यक्षतामा नेपाल उत्पीडित जातीय मुक्ति समाज,ईन्द्र अधिकारीको अध्यक्षतामा अखिल नेपाल किसान महासंघको तेमाल गाउँपालिका कमिटीको गठन कार्य सम्पन्न भएको छ।
उक्त कमिटी गठनबाट निम्न कार्यसमिति चयन गरिएको छ।

* अखिल नेपाल किसान महासंघ तेमाल गाउँपालिका कमिटीको
१.ईन्द्र बहादुर अधिकारी -अध्यक्ष
२.रूद्र बहादुर मैनाली -उपाध्यक्ष
३.अक्कल बहादुर तामाङ -उपाध्यक्ष
४.रामहरि आले मगर -सचिव
* अखिल नेपाल महिला संघ को प्रथम तेमाल गाउँपालिका सम्मेलनबाट
१. लाली माया तामाङ -अध्यक्ष
२.धन माया तामाङ -उपाध्यक्ष
३.अमर माया लामा -सचिव
४.रास्मिता दोङ -सहसचिव
५.स्वतिका योञ्जन -सह सचिव
६.लाल माया तामाङ -कोषाध्यक्ष
* नेपाल उत्पीडित जातीय मुक्ति समाजका प्रथम तेमाल गाउँपालिका सम्मेलनबाट
अध्यक्हादुर बिश्वकर्मा
१.रेख बहादुर बिश्वकर्मा -अध्यक्ष
२.रामहरि वि.क -उपाध्यक्ष
३.वेद बहादुर वि.क -सचिव
४.बाबु लाल वि.क -सह सचिव
५.बिनोद वि.क -सह सचिव

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्